इटहरी : नेपाली कविताको रियालिटी शो ‘मेरो कविता : द रिदम अफ पोएट्री’ अन्तर्गत अन्तिम चार प्रतिस्पर्धी कविहरू छनोट भएका छन्।
तीन महिनादेखि झापास्थित दमकको बेलडाँगीमा छाँयाङ्कन भइरहेको कविताको रियालीटी शो मा १४ जना प्रतिस्पर्धीहरू भोटिङ चरणमा पुगेका थिए।
निर्णायकहरूले दिएको मत र कन्टस्टेन्टहरूले प्राप्त गरेका जनमतलाई आधार मान्दै अन्तिम चार प्रतिस्पर्धी छनोट भएको शो का निर्देशक केवल क्षेत्रीले जानकारी दिए।
फाइनलिस्टहरूमा क्रमशः पाँचथरका सेसे थाम्सुहाङ, तेह«थुमका प्रवेग हाङस्रोङ, कचनकवल झापाका टोलीप्रसाद राजवंशी र सिक्किम भारतका सोनाम पाल्झोर रहेका छन्।
डिजिटल अडिसनमा भाग लिएका २५० कविहरूमध्ये आयोजकले ५० कविहरूलाई फिजिकल अडिसनमा निम्तो दिएको थियो। तिनै ५० कविहरूले विभिन्न चरणहरू पार गर्दै मेरो कविता रियालिटी शो को मञ्चले अन्तिम चार प्रतिस्पर्धी पाएको हो।
आगामी चैत १६ गते हुने शो को ग्रान्ड फिनाले मार्फत ‘मेरो कविता : द रिदम अफ पोएट्री’ले आफ्नो पहिलो विजेता घोषणा गर्ने निर्देशक क्षेत्रीले जानकारी दिए।
कविहरू हेमन यात्री, सुमन स्मारिका, दधि अज्ञात र उत्तम लिम्बू निर्णायक छन्।
यो पनि – कवितामा अधारित रियालिटी सो सुरू, माघ ४ देखि प्रसारण















Discussion about this post