Friday, March 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका ६ वटासहित ८ फार्ममा बर्डफ्लु पुष्टि, ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न नपाइने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ११, २०८२
in टाकुरा विशेष, समाचार
0
इटहरीका ६ वटासहित ८ फार्ममा बर्डफ्लु पुष्टि, ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न नपाइने
92
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीमा बर्डफ्लु संक्रमण फैलिँदै जाँदा ८ वटा कृषि फार्म प्रभावित भएका छन् भने संक्रमण नियन्त्रणका लागि कुखुरा, अण्डा र दाना नष्ट गर्ने अभियान तीव्र पारिएको छ।

इटहरी उपमहानगरपालिकाका ६ वटा तथा दुहवी नगरपालिका र गढी गाउँपालिका का एक–एक फार्ममा बर्डफ्लु पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको छ।

कार्यालय प्रमुख डा. मनोज कुमार महतोका अनुसार इटहरी–१९ स्थित ओकेओ कृषि प्रालिमा मात्र ११,०२० कुखुरा र ११,३०० अण्डा नष्ट गरिएको छ।

यसबाहेक विभिन्न फार्महरूमा सयौँदेखि हजारौँसम्म कुखुरा नष्ट गरिएका छन्। प्रभावितमध्ये इटहरी, दुहवी र गढीका फार्महरूमा संक्रमण पुष्टि भइसकेको छ भने अन्य स्थानमा पनि जोखिम बढेको छ।

महतोले फार्म सञ्चालकहरूले हालसालै बाहिरबाट कुखुरा नल्याएको बताए पनि अण्डा र दाना ओसारपसार गर्ने सवारी साधनमार्फत संक्रमण फैलिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। यसले बर्डफ्लु फैलावटमा ढुवानी प्रणाली नै प्रमुख जोखिम बन्न सक्ने संकेत गरेको छ।

संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा कुखुरा तथा अण्डाको बिक्री वितरणमा रोक लगाइएको छ भने पंक्षीजन्य वस्तुको आयात–निर्यातमा समेत कडाइ गरिएको छ। साथै संक्रमित फार्महरूमा खोर सफाइ, डिसइन्फेक्सन र निगरानी अभियान सञ्चालन भइरहेको छ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न पाइने छैन। यदि सो अवधिमा पुनः संक्रमण नदेखिए मात्र पुनः उत्पादन सुरु गर्न अनुमति दिइनेछ।

बर्डफ्लु फैलावटसँगै स्थानीय कृषकहरू आर्थिक जोखिममा परेका छन् भने बजारमा कुखुरा र अण्डाको आपूर्तिमा समेत असर पर्ने संकेत देखिएको छ। संक्रमण नियन्त्रणका लागि सम्बन्धित निकायहरूबीच समन्वय तीव्र बनाइएको जनाइएको छ।

Tags: #इटहरीटाकुरा विशेषबर्डफ्लु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ
FEATURE BREAKING

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ

by टाकुरा न्यूज । इटहरी
चैत्र १३, २०८२
0

इटहरी : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज...

विराटनगरमा निर्माण मेला, आधुनिक प्रदर्शनीस्थल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
FEATURE BREAKING

विराटनगरमा निर्माण मेला, आधुनिक प्रदर्शनीस्थल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

by टाकुरा न्यूज । इटहरी
चैत्र १२, २०८२
0

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले आगामी वर्षदेखि गुणस्तरीय निर्माण कायम गरी पूँजीगत खर्चको वृद्धिका प्रत्यक...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गर्‍यो ६ वटा निर्णय

चैत्र १२, २०८२
इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन्, ‘सरकारलाई एमालेले आफ्नो संगठन चलाएजस्तो सम्झियो’

नगरबासीबाट चन्दा उठाएर दमकल किन्नु पर्दैन : मेयर पौडेल

चैत्र १२, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मोरङमा तीव्र गतिको टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

चैत्र १२, २०८२
सुनसरीका किसान चैते धान रोप्न व्यस्त

सुनसरीका किसान चैते धान रोप्न व्यस्त

चैत्र १२, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ

चैत्र १३, २०८२
विराटनगरमा निर्माण मेला, आधुनिक प्रदर्शनीस्थल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

विराटनगरमा निर्माण मेला, आधुनिक प्रदर्शनीस्थल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

चैत्र १२, २०८२
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गर्‍यो ६ वटा निर्णय

चैत्र १२, २०८२
इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन्, ‘सरकारलाई एमालेले आफ्नो संगठन चलाएजस्तो सम्झियो’

नगरबासीबाट चन्दा उठाएर दमकल किन्नु पर्दैन : मेयर पौडेल

चैत्र १२, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    682 shares
    Share 273 Tweet 171
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    213 shares
    Share 85 Tweet 53
  • निर्वाचन प्रभावित गर्न अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक युवक पक्राउ

    134 shares
    Share 54 Tweet 34
  • इटहरी कराते एकाडेमीलाई १० स्वर्ण

    132 shares
    Share 53 Tweet 33
  • १६ विधामा ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ प्रदान

    125 shares
    Share 50 Tweet 31

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन