तरहरा : १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर तरहरा जेसीजले एक कार्यक्रमको आयोजना गरी सचेतना फैलाएको छ ।
तरहरामा सोमबार आयोजना गरिएको कार्यक्रममा महिला अभियन्ता सीता सन्ध्या राईद्धारा लैङ्गिक समानता र डा. भुगोल शाक्यले महिलामा हुने रोगको विषयमा प्रष्टयाएका थिए ।
तरहरा जेसीजका अध्यक्ष सन्तोष रेग्मीले महिनामा २६ दिन मात्रै नभई ३० दिन नै महिला देवी रहेको उदृत गरे । उनले भने, ‘नारी सधैँ देवी हो, नारीलाई महिनावारी हुँदा पर सारिनु हुँदैन, महिनावारी प्राकृतिक कुरा हो ।’
रेेेग्मीले अहिले पनि महिनावारी भएको समयमा विभेद कायमै रहेकाले यसको अन्त्य हुनुपर्ने बताएका थिए ।
तरहरा जेसीज वर्ष २०२१ का उपाध्यक्ष हिमांशु विश्वकर्माको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा तरहरा आसपासमा रहेका विभिन्न विद्यालयका छात्राहरु सहभागी थिए ।














Discussion about this post