इटहरी : बैंकिङ कसुर मुद्दामा अदालतबाट जरिवाना र कैद सजाय सुनाइएपछि फरार रहेका एक व्यक्ति इटहरीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–८ का ४८ वर्षीय सूर्यबहादुर अधिकारी छन् ।
सुनसरी जिल्ला अदालतले २०८१ भदौ २६ गते बैंकिङ कसुर मुद्दामा अधिकारीलाई एक लाख ३० हजार रुपैयाँ जरिवाना र सात दिन कैद सजाय हुने फैसला गरेको थियो । अदालतको लगत नम्बर ४५५१ रहेको उक्त मुद्दामा सजाय पाएपछि उनी फरार थिए ।
अस्थायी प्रहरी चौकी पुष्पलालचोक र सामुदायिक प्रहरी बिट गैसारबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बुधबार बिहान १०ः३० बजे आफ्नै घरबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अधिकारीलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले जनाएको छ ।















Discussion about this post