इटहरी : इटहरी २ मा निर्माणाधीन अवस्थामा रहेको पाँचतारे होटलमा आगलागी भएको छ ।
वैशाखमा उद्घाटन गर्ने लक्ष्य राखेर निर्माण भैरहेको गरिमा होटलमा आज दिउँसो आगलागी भएको हो । ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार होटलको इन्टेरियर डेकोरेशनका सामान ल्याएको कार्टुनमा काम गर्ने क्रममा आगो सल्किएको हो ।
यद्यपि, इटहरी उपमहानगरपालिकाको दमकल र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट कुनै ठूलो क्षति नभएको होटल व्यवस्थापन स्रोतले जनाएको छ ।











Discussion about this post