इटहरी : सुनसरीको इनरुवाबाट भन्सार छली गरी ल्याइँदै गरेको एक लाख ५९ हजार रुपैयाँ बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ ।
बिहीबार बिहान इनरुवा नगरपालिका–२ स्थित हेरा नेसनल स्कुल नजिकैबाट प्रहरीले भन्सार छलीका कपडासहित मोटरसाइकल बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीलाई देखेपछि बबियाबाट इनरुवातर्फ आउँदै गरेको को १५ प ३११० नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएका थिए ।
प्रहरीले मोटरसाइकल र त्यसमा ल्याइएको अन्दाजी एक लाख ५९ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको जनाएको छ ।
बरामद सामग्री आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । फरार चालकको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post