इटहरी : सप्तकोसी नदीमा रहेको खुवालुङ (पानी ढुङ्गा) को विषयमा पछिल्लो समय सर्वत्र चासोका रुपमा रहेको छ । सोही ढुङ्गा फुटाउने योजनाको विरोध भएपछि सरकार पछि हटेको छ । ढुङ्गा फुटाउने योजनामा रहेको सरकार किराँत समुदायको विरोधका कारण पछि हटेको हो ।
स्टिमर सञ्चालनका लागि ढुङ्गा फुटाउने योजनार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ७ गते विराटनगरमा आयोजित आमसभामा बताएका थिए ।
मंगलबार खुवालुङको निरीक्षणमा पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने उक्त ढुङ्गा भत्काउने नभई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।
‘खुवालुङको विषयमा सरकारका कुनै तहमा औपचारिक रुपमा छलफल नभएको र यसलाई फुटाउने, तोड्ने कुरा कतै नभएको कुरा यहाँ राख्न चाहान्छु,’ मुख्यमन्त्री राईले भने, ‘हामीले यसको संरक्षण गर्नैपर्छ, हाम्रो प्रदेशको समृद्धिमा, देशको समृद्धिमा यसलाई जोड्नै पर्छ र यस ठाउँलाई धार्मिक सांस्कृतिक पर्यटनको केन्द्रको रुपमा विकास गर्नै पर्छ।’
धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठूला नदीहरू अरुण, तमोर र दूध कोसीको संगमस्थल त्रिवेणीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेतर्फ छलफल केन्द्रित हुनुपर्ने उनले बताए ।्््














Discussion about this post