Wednesday, April 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
in समाचार
0
विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार
50
SHARES
Share on FacebookShare on Twitter

इटहरी : शिक्षा, भाषा र सनातन संस्कृतिको संरक्षणमा सक्रिय संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति पुरस्कार–२०८३’ यस वर्ष धनकुटास्थित विश्रान्ति संस्कृत गुरुकुललाई प्रदान गरिएको छ ।

इटहरीमा रहेको सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल प्रतिष्ठानले धनकुटाको विश्रान्तिधाम मूलघाटमा आयोजित विशेष समारोहबीच

गुरुकुललाई नगद २ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो । गुरुकुलले परम्परागत गुरुकुलीय शिक्षालाई आधुनिक सन्दर्भसँग जोड्दै संस्कृत भाषा, धर्म–संस्कृति र नैतिक शिक्षाको प्रवद्र्धनमा खेलेको भूमिकालाई मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले यस्ता संस्थालाई सम्मान गर्नु समाजका लागि दीर्घकालीन लगानी भएको उल्लेख गर्दै गुरुकुलीय शिक्षाले अनुशासित र नैतिक पुस्ता निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।

प्रतिष्ठानकी अध्यक्ष शान्ता रिजालले अक्षय कोषमार्फत हरेक वर्ष प्रदान गरिने यो पुरस्कारले मौलिक शिक्षा र संस्कृतिको संरक्षणमा लागेका संस्थालाई ऊर्जा दिने विश्वास व्यक्त गरिन् ।

विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले गुरुकुललाई छनोट गरेको हो । समितिमा लोचन रिजाल र राजु केसी सदस्य थिए ।

२०७९ सालमा स्थापना भएको विश्रान्तिधाम गुरुकुलले वैदिक शिक्षासँगै संस्कृत भाषाको उन्नयन, धार्मिक–सांस्कृतिक चेतना अभिवृद्धि र नयाँ पुस्तामा नैतिक मूल्य विकासमा निरन्तर काम गर्दै आएको छ । पछिल्लो समय परम्परागत शिक्षाप्रति घट्दो आकर्षणबीच यस्ता संस्थाको सक्रियता झनै अर्थपूर्ण मानिएको छ ।

समारोहमा वरिष्ठ साहित्यकार प्रा.डा. गोपाल भण्डारी, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, विश्रान्तिधाम गुरुकुलका प्राचार्य दिनेशप्रसाद अधिकारी, सल्लाहकार स्वामी विजयानन्द सरस्वती, प्रतिष्ठानका पूर्वअध्यक्ष विश्वप्रसाद रिजाल, पूर्वमहासचिव भैरव रिजाल, कार्यक्रम संयोजक टीका रिजाल, प्रतिष्ठानकी सदस्य डा. मीरा आचार्य, धनकुटा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष टंक रोयलालगायते गुरुकुलीय शिक्षा प्रणालीको महत्व र यसको संरक्षण आवश्यकताबारे धारणा राखेका थिए ।

सोही अवसरमा आयोजित विशेष कविगोष्ठीमा कवि गोकुल अधिकारी, मुकुन्द प्रयास, टीका आत्रेय, लोचन रिजाल, मीनकुमार नवोदित, मञ्जुश्री गिरी, राधा भट्टराई, रमेशचन्द्र अधिकारी, शकुन्तला मञ्जरी, निर्मला कुँवर, सञ्जय सयललगायतले समसामयिक विषयमा आफ्ना सिर्जना प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई सांस्कृतिक आयाम प्रदान गरेको थियो ।

प्रतिष्ठानले यसअघि भाषा–साहित्य, शिक्षा, कला र समाजसेवामा योगदान पु¥याउने पण्डित पुरुषोत्तम भट्टराई, वरिष्ठ कवि वैरागी काइँला, वरिष्ठ साहित्यकार दयाराम श्रेष्ठलाई सम्मान गरिसकेको छ ।

हरेक वर्ष वैशाख १५ गते प्रदान गरिने यो पुरस्कारले शिक्षा र संस्कृतिको संरक्षणमा क्रियाशील संस्था तथा व्यक्तिलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउँदै आएको छ ।

Tags: पुरस्कार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की
FEATURE BREAKING

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
0

विराटनगर : जथाभावी उत्खनन् गरी नदीजन्य सामग्री चोरी निकासी भइरहेको विषयमा समाचार संकलन गर्न ग्रामथान पुगेका मोरङका पत्रकारहरूलाई उत्खननकर्ताहरूले ज्यान मार्नेसम्मको...

खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो
विविध

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

by रासस
बैशाख १६, २०८३
0

सुनसरी : खुवालुङ क्षेत्रमा माङ्खीमसहित विभिन्न सांस्कृतिक संरचनाको शिलान्यास गरिएको छ । जिल्ला कार्यसमिति (सुनसरी, धनकुटा र उदयपुर) तथा खुवालुङ...

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

बैशाख १६, २०८३
विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

बैशाख १५, २०८३
इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

बैशाख १५, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा अनलाइन जुवा ‘वान एक्स बेट’ सञ्चालनमा संलग्न १० जना पक्राउ

बैशाख १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

बैशाख १६, २०८३
विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

बैशाख १६, २०८३
खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

बैशाख १६, २०८३
‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

बैशाख १६, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1476 shares
    Share 590 Tweet 369
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    645 shares
    Share 258 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.