इटहरी : चोरीको मोटरसाइकलसहित इटहरीका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकल चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका २ का ४० वर्षीय सुवासचन्द्र राई, इटहरी २० तरहराका ३८ वर्षीय बलराम गुरुङ र इटहरी १३ का २६ वर्षीय राजेश मेहेता रहेका छन् ।
गत जेष्ठ १२ गते मोरङको सुन्दरहरैँचा नगरपालिका ४ बाट गजेन्द्र राईको नाममा रहेको प्रदेश १–०५–००१ प ००६१ नं. को एनएस २०० सिसिको मोटरसाइकल हराएको जानकारी पाएलगत्तै अनुसन्धान तथा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरूलाई प्रकाउ गरेको हो ।
उनीहरूलाई बिहीबार राति १० बजे इटहरीको खनारबाट चोरी भएको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post