इटहरी : मोरङको सुन्दरहरैँचाबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न भएका सातजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरुमा इटहरी १३ का २८ वर्षीय राजेश महेता, इटहरी २० का ३८ वर्षीय बलराम गुरुङ, इटहरी २ का ३९ वर्षीय भवेस भन्ने सुवास लिम्बू, इटहरी ३ का ३० वर्षीय मचिन राई, इटहरी ४ का २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय राते भन्ने मनोज परियार छन् ।
प्रहरीका अनुसार जेठ १२ गते राती सुन्दरहरैँचा नगरपालिका ४ बलियास्थित एक घरमा डेरा गरी बस्ने मदनकुमार चौधरीको प्र–१–०५–००१ प ००६१ नं. को रातो कलरको २ सय सिसिको एनएस मोटरसाइकल मोटरसाइकल चोरी भएको थियो ।
चोरी भएपछि इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानको क्रममा इटहरीका राजेश मेहताको घरबाट हिजो शुक्रबार उक्त चोरीको मोटरसाइकल फेला पारेका थिए ।












Discussion about this post