इटहरी : इटहरीमा रहेको बोर्डिङ्ग माध्यमिक बिद्यालय, सेकेण्ड्री बोर्डिङ स्कूलमा बि.स.२०४९/५० सालमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरुको समूहले कोभिडको महामारीका समयमा आम नागरिकले सुलभ र सहज स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उदेश्यले करीब ३ लाख ३७ हजार बराबरका स्वास्थ्य उपकरण तथा सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।
पूर्व बिद्यार्थी समाजका संयोजक डा. बेन लिम्बूले इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीलाई उक्त सामाग्रीहरु इटहरी अस्पतालमा आज एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण समारोहमा डा. लिम्बूले आँफू पनि इटहरीको बासिन्दा भएको, आफ्ना आमा बुबा पनि इटहरीमा रहेको र आफ्नै जस्तै सबैका आमा बुबा र घरपरिवारका सदस्य भएकोले इटहरीबासीको नाताले ब्याजी साथीहरुसँग सल्लाह गरेर छोटो समयमा उक्त रकम संकलन गरि स्वास्थ्य उपकरण खरिद गरेको र आम नागरिकको सरल उपचारका लागि प्रयोग होस् भन्ने हेतुले उपकरणहरु बितरण गरेको जानकारी दिए ।
बितरीत सामाग्रीहरुमा नन् इन्भेसिभ भेन्टिलेटर एक थान, थरमल गन १० थान, पल्स अक्सिमिटर १० थान, मेडिकल स्ट्रेचर चक्का सहितको नौ थान, रबराईज्ड पीपीई सेट २५ थान, एन ९५ माक्स १०० थान, फेस माक्स १२ हजार ५ सय थान लगायतका सामाग्रीहरु रहेका छन् ।
हस्तान्तरण समारोहमा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चाधरीले इटहरीका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा भावले गरिएको सहयोग महत्वपूर्ण रहेको र यसलाई सहि सदुपयोग गरेर नागरिकको स्वास्थ्यलाई जोगाउन काम गरिने बताएका थिए ।
कार्यक्रममा पूर्व बिद्यार्थीहरु अनुरोध थापा, राजु थापा, सुमित थापा, रन्जन ओझा, लगायतले सहयोगको सानो प्रयास भएपनि भविष्यमा इटहरी अस्पताललाई मजबुत र सुविधा सम्पन्न बनाउन आफूहरुको पहल रहने बताए ।
रिना सुब्बा, बिनोद खड्का, यसोदा राई, भोज सिग्देल, बेन लिम्बू, अरुणा लिम्बू, कमल राठी, बिकाश काफ्ले, प्रमिला कडेँल, मञ्जु सुवेदी, प्रताप राई नीरज खड्का, रवी न्यौपाने, सौरभ आचार्य, शेखर खनाल, प्रज्वल क्षेत्री, उत्तम बराल र सञ्जु शर्माले जनही सहयोग रकम संकलन गरका थिए ।














Discussion about this post