इटहरी : निर्माणाधीन ६ लेन सडक अन्तर्गत इटहरी चौकदेखि संगीत चौक जाने बाटोमा कमसल निर्माण भएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
संगीत चौकबाट निकास हुने ढललाई मुख्य राजमार्गबाट कटाउँदा कलभर्ट बनाउनेपर्नेमा ह्यूम पाइप मात्र हालिएको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
स्थानीय राजु केसीले करीब एक सय ८० फिट लामो सडकको लम्बाइमा ह्यूम पाइप राख्दा पानीको निकास नजाने र वर्षाको बेला पूर्व तर्फबाट संगीतचौक लाइनका घरहरु डुबान हुने अवस्था आउने हुँदा निर्माणको क्रममा हेलचेक्राईँ भएको बताए । उनले लामो ह्यूम पाइपमा वालुवा र फोहोर भरिए सफाइ गर्न गाह्रो हुने बताए ।
आज सडकमै पत्रकार सम्मेलन गरेका स्थानीयले राष्ट्रिय गौरवको आयोजनालाई अवरोध गर्ने स्थानीयको नीति नभइ बाटो सुधार गर्नुपर्ने पक्षमा आफूहरु रहेको स्थानीयको भनाइ छ ।
यता ६ लेन सडक परियोजनाका प्रमुख बद्री प्रसाद शर्माले उक्त स्थानमा पहिले पनि ह्यूम पाइप भएको हुँदा अहिले सो भन्दा ठूलो आकारको ह्यूम पाइप राखिएको जानकारी दिए ।












Discussion about this post