तरहरा : इटहरी १९ तरहराबाट मोटरसाइकल चोरी भएको छ ।
इटहरी १९ का होमबहादुर बिकको पार्किङ गरिराखेको मोटरसाइकल असार १३ गते आइतबार चोरी भएको हो ।
बिकले इलाका प्रहरी कार्यालय इटहरीमा दिएको निवदेनअनुसार पार्किङ गरेर राखेको प्र–१–०२–०४४ प ९४६३ नम्बरको कालो, रातो रंगको १५० सीसीको मोटरसाइकल चोरी भएको उल्लेख गरिएको छ ।
पार्किङ गरेर खेतमा धान रोप्न गएको अवस्थामा मोटरसाइकल चोरी भएको बिकले बताए । चोरीको मोटरसाइकलसहित मानिस कसैले देखेमा प्रहरी कार्यालयमा खबर गर्न समेत अपिल गरिएको छ ।












Discussion about this post