इटहरी : सुनसरी बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित चतराबाट प्रहरीले एक सय पचास केजी गाँजा बोकेको गाडीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ वर्षीय अमिर लिम्बू रहेका छन् ।
गएराति १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चतराबाट आइरहेको को २ च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा भेनबाट लागूऔषध गाँजा एक सय पचास केजी र गाडीको सिटमा राखिएको अवस्थामा १ थान नक्कली रिवलबल पेस्तोलसहित पक्राउ गरेको हो ।
प्रहरीलाई देख्नसाथ तत्काल फरार रहेका २ जनाको खोजी कार्य भइरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post