ओखलढुङ्गा :ओखलढुङ्गा मानेभञ्ज्याङ ६ स्थित मामा घरमा आएको बेला जलेर बालिकाको मृत्यु भएको छ ।
सिन्धुली फिक्कल ५ बस्ने समिता राई खड्काको ४ वर्षीया छोरी धनकुमारी खड्काको आज आगोले जलेर मृत्यु भएको हो ।
मामा घरकै गाईगोठमा आज दिउँसो १ बजे हातमा लाइटर बोकेर खेल्ने क्रममा अचानक लाईटर सल्केर फुसको छानो भएको गाईगोठमा आगलागी हुँदा सोही आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
प्रहरीका अनुसार गोठमा रहेका २ वटा गाई र ४ वटा बाख्राको समेत जलेर मृत्यु भएको छ । घटनास्थलमा प्रहरी टोली खटेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post