इटहरी : पछिल्लो समय कोरोना महामारीका कारण रगतको चरम अभाव भएको कुरालाई मध्यनजर गर्दै इटहरीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल औषधि व्यवसायी इटहरी, इटहरी आइडल ग्रुप र लायन्स क्लब अफ इटहरी मनकामनाको संयुक्त आयोजनामा आज (बिहीबार) इटहरीमा भएको रक्तदानमा ६७ पिन्ट रगत संकलन भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा भएको रक्तदानमा ६७ पिन्ट रगत संकलन भएको हो ।
कार्यक्रमको अवसर पारेर इटहरीकै पुरानो तीन औषधि व्यवसायीलाई सम्मान समेत गरिएको छ ।
सम्मानित हुनेमा गौतम मेडिकलका संचालक रुकमणि गौतम, प्रतिमा प्रयोगशालाका संचालक शालिकराम कार्की र शुभत नारायण यादव रहेक छन् । नेपाल औषधि व्यवसायी संघ इटहरीका संयोजक संजीव खड्काले उनीहरूलाई सम्मान गरेका थिए ।
पछिल्लो समय रगतको चरम अभाव भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको आइडल ग्रुपका संयोजक इन्द्र श्रेष्ठले बताए । उनका अनुसार मानवीय सेवामा निहित स्वास्थ्य क्षेत्रमा आवद्ध तीन संस्थाले बिहीबार रक्तदान कार्यक्रमको पनि आयोजना गरेको हो ।














Discussion about this post