Saturday, November 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

तरहराकी मृगौला पीडित मालतीद्वारा सहयोगको याचना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १८, २०७८
in विविध, समाचार
0
तरहराकी मृगौला पीडित मालतीद्वारा सहयोगको याचना
210
SHARES
Share on FacebookShare on Twitter

तरहरा : दुवै मृगौला फेल भएर उपचारको क्रममा रहेकी इटहरी १९ तरहराकी मालती सुन्दासको परिवारले सहयोगको याचना गरेको छ ।

विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएकी ५४ वर्षीय सुन्दासको हाल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले उपचारमा कठिनाइ भइरहेको उनका श्रीमान मुक्ति सुन्दासले जानकारी दिए । विगत लामो समयदेखि मुटुरोगको समस्याबाट पीडित रहेकी सुन्दासका दुवै मृगौलाले समेत काम गर्न छाडेपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

हप्तामा दुई चोटी गर्नुपर्ने डाइलासिस आर्थिक अभावका कारण हाल एकपटक मात्रै गराइरहेको मुक्तिले बताए । परिवारसँग भएको सबै घर जग्गा समेत श्रीमतीकै उपचारका कारण सकिएकाले हाल आफूहरु भाइको घरमा बसिरहेको उनको भनाइ छ ।

यसअघि उनले आफन्त तथा नरनातालाई समेत खर्चका लागि गुहारेका थिए ।

कोरोना महामारीका कारण जारी लकडाउनले उपचार खर्च जोहो गर्न निक्कै अप्ठ्यारो भएको उनले बताए । मृगौला पीडितका लागि भन्दै सरकारले केही सहजीकरण गरेको भए पनि महङ्गो औषधीहरु आफैँ किन्नुपर्ने बाध्यता रहेकोले पनि सहयोगको याचना गर्नुपरेको उनको दुखेसो छ ।

विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएसँगै भारतको सिलिगुडीमा उपचार गराउँदा परिवारसँग भएको रकम सकिएपछि उनलाई उपचार गराउन खर्च अभाव भएको हो । ५४ वर्षीय सुन्दासको हाल दुवै मृगौलाले काम गर्न छाडेका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएको हुँदा जीवन रक्षाको लागि सहयोग गरी दिन परिवारले अपिल गरेका हुन् ।

सहयोग गर्न चाहनेहरूले उनका श्रीमान् मुक्ति सुन्दासको सम्पर्क नम्बर ९८०३७२८६२० मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।

साथै, उनका श्रीमान् मुक्तिबहादुर दर्जी (मुक्ति सुन्दास) को नाममा नबिल बैंक तरहरा शाखामा रहेको खाता नम्बर ११९१००१७५०१६७६ मा रकम जम्मा गरेर सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

Tags: #तरहरासहयोग याचना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा ट्याक्टरमुनि दुई घण्टा छटपटाए चालक, उद्धार नहुँदै गयो ज्यान
FEATURE BREAKING

मोरङमा ट्याक्टरमुनि दुई घण्टा छटपटाए चालक, उद्धार नहुँदै गयो ज्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक २१, २०८३
0

विराटनगर : ट्याक्टर दुर्घटनामा परेका एक चालक दुई घण्टाभन्दा बढी समय ट्याक्टर र गोलिया काठमुनि च्यापिएर छटपटाइरहे । प्रहरी र...

आजदेखि तिहार सुरु
धर्म/संस्कृति

कागको पूजा र यम दीपदानसँगै तिहार सुरु

by टाकुरा न्यूज । इटहरी
कार्तिक २१, २०८३
0

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदैछ...

देउसीभैलोले जोगाएको मादलको बजार

देउसीभैलोले जोगाएको मादलको बजार

कार्तिक २१, २०८३
सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

कार्तिक २०, २०८३
२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

उदयपुरका तीन पालिकाद्वारा ९३ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

कार्तिक २०, २०८३
बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

कार्तिक २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा ट्याक्टरमुनि दुई घण्टा छटपटाए चालक, उद्धार नहुँदै गयो ज्यान

मोरङमा ट्याक्टरमुनि दुई घण्टा छटपटाए चालक, उद्धार नहुँदै गयो ज्यान

कार्तिक २१, २०८३
आजदेखि तिहार सुरु

कागको पूजा र यम दीपदानसँगै तिहार सुरु

कार्तिक २१, २०८३
देउसीभैलोले जोगाएको मादलको बजार

देउसीभैलोले जोगाएको मादलको बजार

कार्तिक २१, २०८३
सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

कार्तिक २०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    514 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    379 shares
    Share 152 Tweet 95
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    309 shares
    Share 124 Tweet 77
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    292 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.