सुनसरी : लकडाउनको मौका छोपी हरिण मार्ने दुईजना पक्राउ परेका छन् । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षबाट हरिण मारेको आरोप दुईजना पक्राउ परेका हुन् ।
नेपाली सेनाले शनिबार साँझ सुनसरीको बराहक्षेत्र नगरपालिका ९ श्रीलंका टापुको नारायणपुर भन्ने स्थानबाट मारेको हरिणसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ ।
श्री शत्रुभञ्जन गुल्मका सेनानी रामचन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार शिकार गर्दै गरेको जानकारी पाएपछि नेपाली सेना र आरक्ष कर्मचारीको संयुक्त टोलीले श्रीलंका टापुको नारायणपुर बस्ने ३० बर्षीय सन्तोष कविरथ र ४० बर्षीय दोमा कविरथलाई पक्राउ गरिएको हो । ‘करीब ४ बर्षको हरिण मारिएको रहेछ,’ श्रेष्ठले भने, ‘पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि कोशी टप्पु बन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहामा बुझाएका छौँ ।’ लकडउनको मौका छोपी चोरी, शिकारी गर्नेहरुका लागि सेनाले विशेष निगरानी गरेको बताईएको छ ।
यी हुन् मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदाँ अनुपस्थित हुने आठ सांसद
इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदा आठ जना सांसद मतदान प्रक्रियामा सहभागी भएनन्। विश्वासको...











Discussion about this post