इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदा आठ जना सांसद मतदान प्रक्रियामा सहभागी भएनन्।
विश्वासको मत विभाजनमा ८३ सांसद सहभागी हुँदा ५७ जनाले कार्कीको पक्षमा, २२ जनाले विपक्षमा र ४ जनाले ‘मत दिन्न’ भन्ने पक्षमा मतदान गरे।
मतदानमा सहभागी नहुनेमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सात जना सांसद र जनता समाजवादी पार्टी (जसपा)की एक सांसद छन्।
कांग्रेसबाट संसदीय दलका उपनेता हिमाल कार्की, सांसदहरू राम खत्री, भूमि राजवंशी, मोहन महर्जन, लखिकुमारी गणेश, शमशेर राई र डोल्मा तामाङ सहभागी भएनन्।
त्यस्तै, जसपाकी एक मात्र सांसद निर्मला लिम्बू पनि विश्वासको मत विभाजनमा सहभागी भइनन्।
कांग्रेसले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले सोमबार प्रदेशसभामा विश्वासको मत लिएका हुन्। कार्कीको पक्षमा नेकपा (एमाले)का ४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १७ सांसदले मतदान गरेका थिए।
मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिएका हुन्।











Discussion about this post