इटहरी : इटहरीमा एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन् ।
इटहरी १२ खनारकी १९ वर्षीय अस्मिता महतले आफ्नै घरको माथिल्लो तलामा रहेको कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
स्थानीयका अनुसार शुक्रबार (आज) बिहान आत्महत्या गरेकी हुन् । उनी खनारस्थित शारदा उच्च माविमा कक्षा ११ मा अध्ययनरत रहेकी परिवारले जनाएका छन् ।
आत्महत्याको कारणबारे प्रहरीले थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।














Discussion about this post