विराटनगर : विराटनगरस्थित मोरङ जिल्ला अदालत परिसरभित्रै कारको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।
बा १४ च ६०१६ नम्बरको कारले ठक्करबाट ४५ वर्षकी लक्ष्मी दाहालको मृत्यु भएको हो । दाहाल अदालत भित्रको क्यान्टिन संचालक रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्ला अदालत मोरङको ५ नम्बर इजलासका न्यायधीश इश्वर पराजुली चढ्ने कारले ठक्कर दिएको हो । न्यायाधीश पराजुलीको पिएसओ ४२ वषीर्य बिन्दकुमार सिहले कार चलाएका थिए ।














Discussion about this post