इटहरी : भोलिन्टियर फर ब प्रस्पेरस (भिएफपिएन) आयोजना तथा लियो क्लब अफ इटहरी सिटीको सहकार्यमा इटहरीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
इटहरी ५ स्थित मधुशाला रेष्टुरेन्टको प्राङ्गणमा शनिबार गरिएको रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन भएको छ ।
पछिल्लो समय बिरामीहरु बढेकाले रगत अभाव हुने कुरा मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको मधुशाला रेष्टुरेन्टका प्रबन्ध निर्देशक सुजन भट्टराईले बताए ।
उनका अनुसार नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
लियो क्लब अफ इटहरी सिटीका अध्यक्ष राजा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका अध्यक्ष विमल पौडेल प्रमुख अतिथि थिए ।














Discussion about this post