इटहरी : ट्रकको ठक्करबाट इटहरीका एक युवकसहित दुईजनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका ३ गागनखोला नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ख १३१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको स ७ प ९१८५ नम्बररको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इटहरी बालग्रामका २७ वर्षीय अच्युत लुईँटेल र सप्तरी कञ्जनरुप नगरपालिका ७ का ३० वर्षीय अभिषेक कटुवालको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका कटुवालको उपचारको क्रममा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र लुइँटेलको विराटनगर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुन्धान भइरहेको उनले बताए ।














Discussion about this post