इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न आग्रह गरेको छ।
प्रशासनले विपद्का बेला आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ।
राहतका नाममा कुनै व्यक्ति वा संस्थाले जथाभावी रकम संकलन गरेको जानकारी भएमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारी तथा नजिकको प्रहरी इकाईमा खबर गर्न प्रशासनले आग्रह गरेको छ।
प्रशासनका अनुसार कोषको आधिकारिक बैंक खाता नम्बरका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आधिकारिक वेबसाइट हेर्न सकिनेछ।












Discussion about this post