इलाम : इलामको इलाम नगरपालिका १ नेपालटारस्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिनका २३ वर्षीय राजेश नेपाल रहेका छन् ।
गएराति दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक पाँचथरका ३४ वर्षीय सुकमान राई प्रहरीको नियन्त्रणमा रहेका छन् ।
मृतक नेपाल अर्को ट्रकका सहचालक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post