ताप्लेजुङ : ताप्लेजुङमा (आज) बिहीबार जीप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका ८ दोखुको ल्याङ्बा सडक खण्डमा मे १ ज २०५६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा गर्भवती महिलासहित नौ जना गम्भीर छन् भने बाँकी सामान्य घाइते भएका छन् ।
सरदमुकाम फुङ्लिङदेखि सिरिजङ्घा गाउँपालिका केन्द्र तेल्लोकतर्फ गइरहेको जिप बिहीबार दिउँसो ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राकेश यादवका अनुसार घाइते हुनेमा बालबालिका समेत रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेकोप्रहरी निरीक्षक यादवले जानकारी दिए ।














Discussion about this post