इटहरी : इटहरीमा स्कारपियोको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शनिबार (हिजो) दिउँसो ३ः३० बजे स्कारपियोको ठक्करबाट अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ९५६४ नम्बरको स्कारपियोले पैदलयात्री रहेका इटहरी ४ बस्ने मनिष रौनियारलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि विराट नर्सिङ होममा शनिबार साँझ ५ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कारपियो चालक मोरङको उर्लाबारी नगरपालिका २ बस्ने अन्दाजी ३८ वर्षीय शंकर सुवेदी तत्काल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सवारी साधन इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको छ ।














Discussion about this post