इटहरी : सुनसरीमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार सुनसरीको कोशी गाउँपालिका ३ पूर्वपश्चिम राजमार्गमा पिकअप म्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रामधुनी नगरपालिका १ सैनीमैनीका २४ वर्षीय चालक विशाल चौधरी रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गमा प्रदेश ३–०१–०२४ च ४२६७ नम्बरको पिकअपले को ५ प ७९१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २१ वर्षीय रोहित चौधरी गम्भीर घाइते बनेका छन् ।
ठक्कर दिने पिकअप चालक सिराहा मिर्चैया नगरपालिका ११ सितापुरका २० वर्षीय मोहन ठाकुर र पिकअपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














Discussion about this post