Monday, August 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एकैदिन भएको छुट्टा–छुट्टै दुर्घटनाबाट सातजनाको मृत्यु, एउटै मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २१, २०७८
in समाचार
0
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

सांकेतिक तस्वीर ।

236
SHARES
Share on FacebookShare on Twitter

इटहरी : एकैदिन मोरङ, झापा र उदयपुरमा भएको छुट्टा–छुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार शनिबार (हिजो) बेलुका ६ बजे मोरङको केराबारी गाउँपालिका ९ बेलचौरी स्थितमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट जादै गरेको बा १० च ४३०० नम्बरको स्कारपियो एक आपसमा ठक्कर भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनजना मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक लेटाङ नगरपालिका २ का ३० वर्षीय कमल कार्की र पछाडी सवार पथरीशनिश्चरे नगरपालिकाका ५५ वर्षीय तिलक बहादुर सुबेदीको घट्नास्थलमा मृत्यु भएको हो ।

यस्तै, पछाडि सवार लेटाङ नगरपालिका २ कि ४५ वर्षीया सीता कार्कीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कारपियो र चालक लेटाङ नगरपालिका २ का ४७ वर्षीय पुष्प बहादुर मगर इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन् ।

यस्तै, हिजो बेलुका पौने ६ बजे मोरङ रंगेली नगरपालिका ६ टकुवा–पीपल चौक भित्री सडक खण्डमा साइकल यात्री मोरङ सुनवर्षी नगरपालिका ६ पटियापाडा का ३० वर्षीय सत्रुघन साहको साइकल आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा मृत्यु भएको छ ।

यस्तै, हिजो बेलुका ६ बजे उदयपुरको त्रियुगा नगरपालिका ११ मेन चोक स्थितमा पूर्वतर्फ आउँदै गरेको स १ ह १६२० नम्बरको अटो र पीपलचोकबाट पूर्व तर्फ जादै गरेको को १९ प ९६४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर भएर दुर्घटना एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार त्रियुगा नगरपालिका ११ का ८५ वर्षीय कुलप्रसाद भण्डारी रहेका छन् । उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा राति साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सप्तरी कंचनपुर नगरपालिका १२ का ५२ वर्षीय कमल प्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका ७ का ४२ वर्षीय नरबहादुर कार्की सामान्य घाइते भएका छन् ।

उनीहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।

यता, झापाको बिर्तामोड नगरपालिका ६ गिरीबन्दु टि स्टेट अगाडि पूर्व–पश्चिम राजमार्गमा तत्काल नम्बर नखुलेको रातो रंगको २२० सिसि पल्सर मोटरसाइकल र बिपरीत दिशा तर्फ जादै गरेको प्र १–०१–०१४ प ६००७ नम्बरको स्कुटर एक आपसमा ठक्कर भएर दुर्घटना स्कुटर चालक मेची नगरपालिका १० का ४२ वर्षीय डिल्ली कार्की, पछाडि सवार उनका छोरा १६ वर्षीय मनिष कार्की र अर्को मोटरसाइकल पछाडि सवार झापा हल्दिबारी गाउँपालिका २ का २१ वर्षीय पिजेश लामा घाइते भएका थिए ।

उनीहरूमध्ये स्कुटरमा पछाडि सवार रहेका मनिषको राति ९ बजे उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा सम्लग्न रहेको अर्को मोटरसाईकल चालक झापा हल्दिबारी गाउँपालिका २ का २५ वर्षीय उमेश लामा मोटरसाइकलसहित फरार रहेकाले खोज तलास भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, हिजो राति साढे ११ बजे झापा मेचीनगर नगरपालिका १३ तेलिबारी स्थित पूर्व–पश्चिम राजमार्गमा पुर्व तर्फ जादै गरेको प्रदेश १–०४–०१४ प ३३४५ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाइकल ठक्कर भएर दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

घाइतेहरूमा ३३४५ नम्बरको मोटरसाइकलमा सवार मेचीनगर नगरपालिका ८ का २१ वर्षीय अनिष गिरी, पछाडि सवार सोही स्थानका १८ वर्षीय अभिषेक श्रेष्ठ, ३९९५ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी

नगरपालिकाका २१ वर्षीय निकेश शिवाकोटी र पछाडि सवार झापा मेचीनगर नगरपालिका ८ का २१ वर्षीय प्रबिण मेचे रहेका छन् । घाइतेमध्ये अभिषेक श्रेष्ठको उपचारको क्रममा राति साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकी ३ जना घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags: दुर्घटना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद
विविध

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

मोरङ : मिक्लाजुङको सामुदायिक वनमा झाडीभित्र लुकाएर राखिएका तीन थान भरुवा बन्दुकसहित चोरी–सिकारमा प्रयोग हुने सामग्री बरामद भएको छ। मिक्लाजुङ...

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै
विविध

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

भोजपुर : भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ । जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रम...

एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरी प्रशासनद्वारा राहतका नाममा जथाभावी रकम नउठाउन आग्रह

भदौ १४, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

भदौ १४, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

भदौ १४, २०८३
पूर्वाञ्चल विश्वविद्यालयमा यसै सत्रदेखि एमबीबीएस पढाइ, ५० सिट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयमा तलबबाट राहत, उपकुलपति–रजिस्ट्रारले एक महिनाको दिने

भदौ १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरी प्रशासनद्वारा राहतका नाममा जथाभावी रकम नउठाउन आग्रह

भदौ १४, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

भदौ १४, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.