तरहरा : इटहरी उपमहानगरपालिका २० तरहरामा रहेको शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारीको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार यहाँको क्षेत्रीय कृषि अनुसन्धानको प्राङ्गणमा भएको सभामा संस्थाका अध्यक्ष बमबहादुर न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले सहकारीको उत्थानका निम्ति काम गरिरहेको बताए । हाल संस्थाको छ करोड ४७ लाख बढी सेयर पुँजी रहेको उनले बताए । यस्तै, संस्थाले हाल ३४ करोड ८६ लाख बढी ॠण लगानी गरेको छ ।
यस आर्थिक वर्ष ५४ करोड ५८ लाख बढी निक्षेप रहेको न्यौपानेले बताए । कार्यक्रमका संयोजक चन्द्रकुमार गिरीका अनुसार संस्थामा विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरूलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका लेखा समिति सदस्य सोमबहादुर श्रेष्ठ प्रमुख अतिथि थिए भने सन्चालक समिति सदस्य चिन्तामणी सापकोटाले कार्यक्रम सन्चालन गरेका थिए ।














Discussion about this post