इटहरी : सुनसरीको दुहवी नगरपालिका ३ बाट एक थान पेस्तोलसहित इटहरीका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १२ खनारका ३४ वर्षीय काउ भनिने सुशील शाह रहेका छन् ।
शाहले पेस्तोल लिई हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले राति साढे १० बजे दुहवी ३ बाट पक्राउ गरेको हो ।
शाहको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र १ थान फिङ्गर पहुँच बरामद गरेको छ ।
हतियारसहित पक्राउ परेका शाहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post