इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत मतगणना जारी रहेको छ। पछिल्लो सार्वजनिक मतपरिणामअनुसार वाणिज्यतर्फ अध्यक्षका उम्मेदवार नवराज काफ्लेको प्यानलै निर्वाचित भएका छन्।
मतगणनाअनुसार जीवनकुमार न्यौपानेले सर्वाधिक ९८९ मत प्राप्त गरेका छन्।
यसैगरी सञ्जीव खड्काले ९८४, बलराम बस्नेतले ९६०, सिनेट रिजालले ९५९, सञ्जय शाहले ९५७, बलबहादुर न्यौपानेले ९४३, सन्नी चौधरीले ९१५, दिनेशप्रसाद धमलाले ९०८ र महेश थापाले ८८३ मत प्राप्त गरेका छन्। वाणिज्य सदस्यतर्फ नौ जना निर्वाचित हुने व्यवस्था छ।
उनीहरू सबैजना अध्यक्षका उम्मेदवार काफ्ले प्यानलका हुन्। यद्यपि, निर्वाचनको अन्तिम मतपरिणाम घोषणा हुन बाँकी छ।
यस्तै, वाणिज्य सदस्यतर्फ दुर्गाप्रसाद थापाले ५५८, निर्मला श्रेष्ठले ५१३, उषा सेढाई (सत्याल)ले ४८४ र हर्कबहादुर विकले ४२३ मत प्राप्त गरेका छन्। उनीहरू अध्यक्षका उम्मेदवार गायत्री कटवाल भण्डारी प्यानलका हुन्।
निर्वाचन समितिका अनुसार हालसम्म ११७ बदर मत गणना भएको छ।
अध्यक्षसहित अन्य पदहरूको मतगणना जारी रहेको र अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।
कुल दुई हजार ३६९ मतदाता रहेको उवासंघको शनिबार सम्पन्न निर्वाचनमा कुल एक हजार ५४३ मत खसेको थियो।




















Discussion about this post