इटहरी : प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्तको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् ।
चार महिना अघि मुख्यमन्त्रीबाट हटेपनि सरकारी सेवासुविधा उपभोग गर्दै आएका राईको तीव्र आलोचना भएपछि उनले गाडी फिर्ता गरेका हुन् ।
राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
कानुनमा नै नभएको सेवासुविधा ४ महिना प्रयोग गरेका उनले को १ झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए । राईकै कार्यकालमा काठमाडौंमा सम्पर्क कार्यालय खोलिएको थियो ।














Discussion about this post