धनकुटा : धनकुटाको पाख्रिवास नगरपालिका ९ बस्ने ५९ वर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ ।
आज बिहान पौने १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कदा मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ














Discussion about this post