Tuesday, July 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा यी हुन् कांग्रेसबाट मेयरका आकांक्षी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ५, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीमा यी हुन् कांग्रेसबाट मेयरका आकांक्षी
605
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय गर्ने घोषणा गरेसँगै दलहरूबीच चुनावी चहलपहल बढेको छ ।

यसैबीच इटहरीमा पनि जनप्रतिनिधि कसलाई चुन्ने भन्नेबारे चियापसलमा चहलपहल बढेसँगै चर्चा हुन थालेको छ ।

इटहरीमा आगामी स्थानीय तहको नेतृत्व गर्नका लागि नेपाली कांग्रेसबाट पाँचजनाले आफ्नो दाबी गर्दै आएका छन् । आफूलाई विभिन्न पदमा रहेर अब्बल साबित गर्दै आएका पाँचजनाले आफूहरू मेयरको आकांक्षी रहेको बताउँदै आएका हुन् ।

ती मध्ये वर्तमान नगरसभापति हेमकर्ण पौडेल, उद्योग बाणिज्य संघ इटहरीका वर्तमान अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि भीमबहादुर पौडेल, गत स्थानीय तहको निर्वाचनमा मेयरका प्रत्याशी तथा महाधिवेशन प्रतिनिधि रोहित प्रसाईँ, निवर्तमान क्षेत्रीय सभापति तथा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ र नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि विकास केसीले कांग्रेसबाट मेयरका लागि आकांक्षा राखेका हुन् ।

१. हेमकर्ण पौडेल

पौडेल वर्तमान नगरसभापति हुन् । उनको पार्टी नगरसभापतिमा यो तेस्रो कार्यकाल हो । यसअघि प्रदेशसभाका प्रत्याशी समेत रहेका उनी यसपटक इटहरीको मेयर बन्ने होडमा छन् ।

सर्वसाधारणको बुझाईमा हेमकर्ण विपन्न गरिबका लागि आशाको त्यान्द्रा हुन् । हिम्मत र साहसले राजनीतिमा अगाडि बढेका हेमकर्ण २०५४ सालमा जनता क्याम्पसको स्ववियु सभापति भए ।

गाउँका गरिव जनतादेखि नाम चलेका नेतासम्म पहुँच राख्न सक्ने हेमकर्ण इटहरीका सबै दलका लागि लोकप्रिय नेता हुन् ।

२. रोहित प्रसाईँ

अघिल्लो स्थानीय तहको निर्वाचनमा झिनो मतले मेयरमा पराजित बनेका उनी यसपटक पनि आफू मेयरको टिकटका लागि दाबी गरिरहेका छन् । हाल महाधिवेशन प्रतिनिधि समेत रहेका प्रसाईं २०४६ सालदेखि नेविसंघबाट राजनीति थालेका हुन् ।

उनी २०४९ सालमा नेपाल विद्यार्थी संघ सुनसरीको सभापति चुनिएका थिए । उद्योग वाणिज्य संघ इटहरीको दुई कार्यकाल अध्यक्ष भएर अब्बल नेतृत्व गरिसकेका उनी उवासंघकै केन्द्रीय सदस्य समेत भइसकेका छन् ।

उनले उवासंघको अध्यक्ष रहँदा हरितनगरी इटहरी र प्लाष्टिकमुक्त सहर बनाउने सकारात्मक अभ्यासको सुरुआत गरेका थिए ।

सरल स्वभावका प्रसाईँ सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । उनले हिउँदको समयमा आफ्ना आमा–बाबुको नाममा स्थापित जयभीमा फाउन्डेशनबाट इटहरीका सबै वडामा रहेका विपन्न परिवारलाई सिरक वितरण गरेर पछिल्लो समय सामाजिक काममा चर्चा बटुलेका छन् ।

३. भीम पौडेल

उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष तथा प्रदेश १ का उपाध्यक्ष समेत रहेका पौडेल हाल कांग्रेस महाधिवेशन प्रतिनिधि पनि छन् । प्रतिष्ठित व्यापरीको रूपमा छवि बनाएका उनी पछिल्लो समय सामाजिक काममा सक्रिय छन् ।

गाउँघरका विपन्न परिवारमा समस्या परे उनै पौडेललाई धेरैले सम्झने गरेको कार्यकर्ताको भनाई छ । कोरोना कालमा इटहरी उद्योग बाणिज्य संघसहित विभिन्न संस्थाले निजी रूपमा सञ्चालन गरेको अक्सिजनसहितको आइसोलेसनमा उनको भूमिका अब्बल थियो ।

तीनहजार भन्दा बढीलाई प्रत्यक्ष रोजगार दिइरहेका सरल स्वभावका उनी कसैलाई ढाँट्ने, छल्ने र आश्वासन मात्र बाँड्ने व्यक्तिभित्र पर्दैनन् । सरल स्वभावका उनी आफूले राजनीतिको माध्यमबाट समाजलाई सकारात्मक योगदान पु¥याउने बताउँदै आएका छन् ।

४. मणिराम श्रेष्ठ

श्रेष्ठ हाल इटहरी २० का वडाध्यक्ष समेत हुन् । गत स्थानीय तहको निर्वाचनमा मेयरको दाबी गरेका उनले क्षेत्रीय सभापति रहँदा आफूसहित इटहरीका २० मध्ये १२ वटा वडामा वडाध्यक्ष जिताउन अब्बल भूमिका निर्वाह गरे ।

समाजमा दुःख पर्दा वा समस्या पर्दा श्रेष्ठलाई यहाँका जनताले प्रत्यक्ष रूपमा साथ माग्छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी तथा जनताका आधारभूत आवश्यकता सहज रूपमा परिपूर्ति गर्नका लागि उनको योगदान अब्बल रहेको सर्वसाधारण बताउँछन् ।

५. विकास केसी

नेविसंघका पूर्व केन्द्रीय उपसभापति भइसकेका केसी आफू पनि मेयरको प्रत्याशी भएको दाबी गर्दै आएका छन् ।

२०५२ सालमा नेविसंघको सदस्यता लिएपछि २०५७ सालमा जनता बहुमुखी क्याम्पसमा स्ववियू सदस्य भएका उनी यसअघि कांग्रेस इटहरीको सभापतिका लागि प्रत्याशी थिए । ०६२ मा नेविसंघ जिल्ला सभापति हुँदै २०७३ सालमा नेविसंघको केन्द्रीय उपसभापति बनेका उनको विद्यार्थी राजनीतिक पृष्ठभूमी हो ।

विद्यार्थी राजनीतिसँगै पार्टीको राजनीतिलाई पनि अगाडि बढाएका उनले आफू राजनीति व्यापार भन्दा पनि समाजसेवाको रूपमा बुझ्ने भएकाले चुनावी प्रतिष्पर्धाका लागि दाबी गरेको बताउँछन् ।

यी माथिका पाँचजना व्यक्ति कांग्रेसबाट सम्भावित उमेद्वार हुन् ।

उनीहरू वा यी बाहेक अन्य जो कोहीले पनि पार्टीबाट टिकट पाएको अवस्थामा कांग्रेस एक हुनुपर्ने र इटहरीको नेतृत्व गर्नका लागि एकजुट हुनुपर्ने कार्यकर्ताको भनाइ छ ।

पछिल्लो समयमा नेकपा एकजुट हुन नसकिरहेको अवस्थामा इटहरीमा कांग्रेसले नेतृत्व लिने रणनीतिक योजना बनाउँदै गएको छ । तर एमाले यहाँको बलियो पार्टीका रूपमा स्थापित छ । यद्यपि, सबै नेता, कार्यकर्ता एक भएको अवस्थामा भने सहज रूपमा यसपटक इटहरीको नेतृत्व कांग्रेसले पाउने कार्यकर्ताको विश्वास छ ।

Tags: #इटहरी उपमहानगरपालिका#स्थानीय तहटाकुरा विशेषनिर्वाचनराजनीति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु
FEATURE BREAKING

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

इटहरी : इटहरीमा नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको स्कोरपिओ दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक...

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई
FEATURE BREAKING

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

by टाकुरा न्यूज । इटहरी
असार २९, २०८३
0

इटहरी : कोशी प्रदेश सरकारले प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्दै अध्यक्ष, प्रदेश प्रेस रजिस्ट्रार तथा सदस्यहरू नियुक्त गरेको छ। सोमबार...

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

असार २९, २०८३
वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३
इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

असार २९, २०८३
ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३
मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

असार २९, २०८३
वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    457 shares
    Share 183 Tweet 114
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.