संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका ८ मा श्रीमतीकै अपहरणमा संलग्न श्रीमानसहित दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीका अनुसार प्रहरीको बर्दिसहित नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा पाँखपन नगरपालिका ४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
प्रहरीका अनुसार फागुन २७ गते खाँदबारी नगरपालिका ८ की प्रमिला सार्कीलाई प्रहरीको भेषमा आएका चारजनाले घरबाट करीब एकसय मिटर पर जंगलमा लगेर उनका श्रीमान रमेशकुमार तामाङलाई जिम्मा लगाएका थिए ।
प्रहरीका अनुसार पक्राउ परेका रमेशले श्रीमतीलाई अपहरण गर्न चार जना नक्कली प्रहरी परिचालन गरेको बताए ।
त्यसपछि रमेशले आफ्नी श्रीमतीको ज्यान मार्ने प्रयासले शारीरिक तथा मानसिक यातना दिएका थिए । प्रमिलाले भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । उजुरीका आधारमा प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो ।
श्रीमान–श्रीमतीबीच मनमुटाव रहेकाले अपहरणको नाटक रचिएको खुलेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post