Monday, November 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

रासस by रासस
कार्तिक १६, २०८३
in विविध, समाचार
0
काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय
52
SHARES
Share on FacebookShare on Twitter

झापा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडकको निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल थालेको छ ।

स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल व्यवस्थापनमा देखिएको समस्याले अवरोध सृजना भएपछि जिल्ला प्रशासन कार्यालय झापाले समाधानका लागि तत्परता देखाएको हो ।

सडक निर्माणमा देखिएका समस्या पहिचान गरी समाधानको बाटो खोज्न प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार आयोजनाका प्रतिनिधिसहित निर्माणाधीन सडकखण्डको स्थलगत निरीक्षण गरेका थिए ।

निर्माण कम्पनी इभ्रास्कन–कालिका जेभीका क्षेत्रीय महाप्रबन्धक उज्ज्वल प्रसाईँका अनुसार स्थानीयको माग र निर्माण सामग्री उपलब्धतामा देखिएको समस्याले सडक निर्माण प्रभावित भइरहेको छ । सुरुआती डिजाइनमा परिवर्तन गरी सडकलाई व्यवस्थित र यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीयवासीले माग गरेपछि कतिपय स्थानमा काम रोकिएको उनले बताए ।

“एकातिर सरकारले समयमै काम सक्न भन्छ, अर्कातिर यहाँ विभिन्न अवरोध छन् । भनेको समयमा निर्माण सामग्री उपलब्ध हुँदैन”, प्रसाईँले भने, “ओभरपास निर्माणका लागि फिलिङ गर्न आवश्यक माटो उपलब्ध भएको छैन । तीन लाख घनमिटर माटोका लागि आवश्यक राजस्व बुझाइसक्दा पनि स्थानीय तहबाट प्रक्रिया अघि नबढ्दा काम प्रभावित भएको छ ।”

आयोजनाका इन्जिनियर आश्रय महतका अनुसार काँकरभिट्टामा डिजाइनमै नभएको ओभरपास निर्माण गर्नुपर्ने, धुलाबारीमा बस स्ट्यान्ड व्यवस्थापन, चारआलीको ओभरपास क्षेत्रमा अवरोध तथा विद्यालय क्षेत्रमा ओभरपास निर्माण गर्नुपर्ने मागले काममा समस्या भएको छ ।

आयोजना निर्माणका क्रममा स्थानीय मागसँगै विद्युत् पोल स्थानान्तरण र निर्माण सामग्रीको स्रोत तथा आपूर्तिमा समस्या देखिएको छ । सडक विस्तारका लागि सहरी क्षेत्रमा रहेका विद्युत् पोल समयमै स्थानान्तरण हुन सकेका छैनन् । त्यस्तै, कालोपत्रेका लागि आवश्यक अस्फाल्ट चिप्स र प्रबलित माटोको पर्खाल (आरई वाल) निर्माणमा प्रयोग हुने ब्याकफिलिङ सामग्रीको स्रोत तथा नियमित आपूर्तिमा कठिनाइ रहेको आयोजना कार्यालयले जनाएको छ ।

यिनै समस्या समाधानका लागि निर्माण कम्पनी तथा आयोजनाका प्रतिनिधिले गत साताको मङ्गलबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी पोखरेललाई जानकारी गराएका थिए । समस्याका बारेमा स्थलगत जानकारी लिन प्रशासनले आयोजनाका प्रतिनिधिसहित निर्माणाधीन सडकको निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले आवश्यक सामग्रीको अभाव हुन नदिन र स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्न सरोकारवालासँग विभिन्न चरणमा छलफल गरिएको बताए ।

“आयोजनामा समस्या आउन नदिन र सडक निर्माणमा कुनै पनि सामग्रीको अभाव हुन नदिन सरोकारवालासँग विभिन्न चरणमा छलफल भएको छ । जनप्रतिनिधिदेखि स्थानीयवासीसम्मसँग छलफल गरेका छौँ”, उनले भने, “वास्तविक समस्या पहिचान गरी समाधानका लागि सहज वातावरण बनाउन स्थलगत निरीक्षण गरेका हौँ ।”

उनले झापाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए । सडक निर्माणका क्रममा हटाउनुपर्ने विद्युत्का पोल व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरण कोशी प्रादेशिक कार्यालय विराटनगरसँग समन्वय गरिएको उनले बताए ।

एसियाली विकास बैङ्कको वित्तीय सहयोगमा झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । यसमध्ये काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर पूर्वीखण्ड निर्माणको ठेक्का इभ्रास्कन–कालिका जेभीले पाएको हो । उक्त खण्ड निर्माणका लागि रु १० अर्ब छ करोड ९४ लाख ८२ हजार ७१२ मा ठेक्का सम्झौता भएको हो ।

विसं २०८० माघ १९ गतेदेखि निर्माण सुरु भएको आयोजनामा एसियाली विकास बैङ्कको ८४ दशमलव नौ प्रतिशत र नेपाल सरकारको १५ दशमलव एक प्रतिशत लगानी छ । आयोजनाका इन्जिनियर महतका अनुसार निर्माण सम्झौता सकिन करिब तीन महिना बाँकी रहँदा पूर्वी खण्डमा हालसम्म ५६ प्रतिशत भौतिक प्रगति भएको छ । सम्झौता अवधिभित्र प्रगति ७० प्रतिशत पुर्‍याउने र चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले सडक निर्माणलाई तीव्रता दिनुका साथै सुरक्षित आवागमन, व्यवस्थित डाइभर्सन, पर्याप्त साङ्केतिक चिह्न र प्रभावकारी ट्राफिक व्यवस्थापन सुनिश्चित गर्न निर्माण कम्पनी तथा आयोजनाका प्रतिनिधिलाई आग्रह गरेका छन् ।

Tags: एसिएन हाइवेएसियन हाइवे
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

निषेधाज्ञा र कर्फ्युबीच विराटनगरमा पेट्रोलियम संकट, कालोबजारीले उपभोक्ता मारमा
विविध

विराटनगरमा अब क्लब र बारमा कडाइ, प्रशासनले तोक्यो नियम

by टाकुरा न्यूज । इटहरी
कार्तिक १६, २०८३
0

विराटनगर : रात्रिकालीन मनोरञ्जन व्यवसायलाई व्यवस्थित र जवाफदेही बनाउन मोरङ प्रशासनले समयसीमादेखि कर्मचारीको श्रम अधिकार र ग्राहक सुरक्षासम्म समेटिएको नयाँ...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित कोशी प्रदेशका तीन जिल्लाबाट चार जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक १६, २०८३
0

इटहरी : झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुनसरीको इनरुवा नगरपालिका–४...

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन प्रस्तुत

तीन प्रधानमन्त्री र छ मुख्यमन्त्री फेरिँदा पनि पाँच वर्ष टिके खापुङ

कार्तिक १६, २०८३
सुनसरीमा ५० हजार लगानीबाट सुरु गरेको च्याउ खेतीले दियो वार्षिक १५ लाख आम्दानी

सुनसरीमा ५० हजार लगानीबाट सुरु गरेको च्याउ खेतीले दियो वार्षिक १५ लाख आम्दानी

कार्तिक १६, २०८३
भोजपुरमा समयमा फूल फुलेन, माग उच्च

स्वदेशी फूललाई प्राथमिकता, अवैध आयात रोक्न झापा प्रशासनको निर्देशन

कार्तिक १६, २०८३
धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

कार्तिक १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

निषेधाज्ञा र कर्फ्युबीच विराटनगरमा पेट्रोलियम संकट, कालोबजारीले उपभोक्ता मारमा

विराटनगरमा अब क्लब र बारमा कडाइ, प्रशासनले तोक्यो नियम

कार्तिक १६, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित कोशी प्रदेशका तीन जिल्लाबाट चार जना पक्राउ

कार्तिक १६, २०८३
प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन प्रस्तुत

तीन प्रधानमन्त्री र छ मुख्यमन्त्री फेरिँदा पनि पाँच वर्ष टिके खापुङ

कार्तिक १६, २०८३
काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

कार्तिक १६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    844 shares
    Share 338 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    372 shares
    Share 149 Tweet 93
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.