Monday, November 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रेमिका अर्कै केटासँग लागेको थाहा पाएपछि अपहरण, सुनसरीका दुईसहित तीन पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ५, २०७८
in समाचार
0
प्रेमिका अर्कै केटासँग लागेको थाहा पाएपछि अपहरण, सुनसरीका दुईसहित तीन पक्राउ

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

620
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : प्रेमिका अर्कै केटासँग लागेको थाहा पाएपछि अपहरण गरेको आरोपमा सुनसरी प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इनरुवाका २४ वर्षीय शंकर खड्का, सोही ठाउँका भबेश थापा मगर र मोरङ पथरिशनिश्चरेका २७ वर्षीय सुमन दाहाल रहेका छन् ।

सप्तरी घर भइ विराटनगर ४ कंचनबारीमा कोठाभाडामा बस्दै आएका १८ वर्षीय आलोक श्रेष्ठलाई अपहरण गरी उनका परिवारलाई दुई लाख रुपैयाँ फिरौती रकम मागेको आरोपमा सुनसरी प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

घटनामा जोडिएका सुमन मुख्य नाइके भएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुमनले आलोकलाई अपहरण गर्नुको कारण प्रेमिकासँग जोडिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सुमनको प्रेमिका विराटनगरमा बसेर पढ्दै आएका थिइन् ।

पढाइमा लाग्ने सम्पूर्ण खर्च सुमनले नै व्यहोरेका थिए । केही समयअघि मात्रै सुमनकी प्रेमिका आलोकसँग लागेको थाहा पाएपछि आलोकलाई अपहरण गर्ने र सबै खर्च उठाउने योजना अनुरुप विराटनगरको कन्चनबारीदेखि बिहीबार साँझ आलोकलाई अपहरण गरिएको प्रहरीले जनाएको छ ।

अपहरणपछि आलोकको घरमा फोन गरेर दुई लाख मागिएको र घटनाबारे खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्र कार्कीले बताए ।

उनका अनुसार अपहरणमा संलग्नलाई शुक्रबार पक्राउ गरेको हो पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको छ । यता, मोरङ प्रहरीले आइतबार ‘अपहरण तथा शरीर बन्धक’ मुद्दामा म्याद थप गर्ने तयारी गरेको छ ।

 

Tags: #पक्राउअपहरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित कोशी प्रदेशका तीन जिल्लाबाट चार जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक १६, २०८३
0

इटहरी : झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुनसरीको इनरुवा नगरपालिका–४...

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन प्रस्तुत
FEATURE BREAKING

तीन प्रधानमन्त्री र छ मुख्यमन्त्री फेरिँदा पनि पाँच वर्ष टिके खापुङ

by टाकुरा न्यूज । इटहरी
कार्तिक १६, २०८३
0

इटहरी : संघीय सरकारमा सत्ता समीकरण फेरिएसँगै प्रदेश प्रमुख परिवर्तन हुने राजनीतिक अभ्यासबीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले पाँच वर्षको...

काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

कार्तिक १६, २०८३
सुनसरीमा ५० हजार लगानीबाट सुरु गरेको च्याउ खेतीले दियो वार्षिक १५ लाख आम्दानी

सुनसरीमा ५० हजार लगानीबाट सुरु गरेको च्याउ खेतीले दियो वार्षिक १५ लाख आम्दानी

कार्तिक १६, २०८३
भोजपुरमा समयमा फूल फुलेन, माग उच्च

स्वदेशी फूललाई प्राथमिकता, अवैध आयात रोक्न झापा प्रशासनको निर्देशन

कार्तिक १६, २०८३
धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

कार्तिक १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित कोशी प्रदेशका तीन जिल्लाबाट चार जना पक्राउ

कार्तिक १६, २०८३
प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन प्रस्तुत

तीन प्रधानमन्त्री र छ मुख्यमन्त्री फेरिँदा पनि पाँच वर्ष टिके खापुङ

कार्तिक १६, २०८३
काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

काँकडभिट्टा–लौकही सडकको काम सुस्त, अवरोध हटाउन प्रशासन सक्रिय

कार्तिक १६, २०८३
सुनसरीमा ५० हजार लगानीबाट सुरु गरेको च्याउ खेतीले दियो वार्षिक १५ लाख आम्दानी

सुनसरीमा ५० हजार लगानीबाट सुरु गरेको च्याउ खेतीले दियो वार्षिक १५ लाख आम्दानी

कार्तिक १६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    844 shares
    Share 338 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    372 shares
    Share 149 Tweet 93
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.