रामधुनी : रामधुनी नगरपालिका वडा नम्बर ६ मा कार्यरत वडासचिव नन्दकुमार श्रेष्ठको दुर्घटनामा मृत्यु भएपछि आइतबार शोक विदा हुने भएको छ ।
शुक्रबार नगरपालिकामा बसेको नगरकार्यपालिकाको बैठकले श्रेष्ठको निधनमा आइतवार शोक विदा दिने निर्णय गरेको हो ।
चैत २० गते नगरपालिका र नगर मातहतका कार्यालयहरू शोक विदाको रुपमा बन्द रहने निर्णयमा उल्लेख छ ।
बुधबार बिहान वडा कार्यालय जाने क्रममा रामधुनी ६ आदर्श टोलस्थित भित्री सडकखण्डमा को २४ प ९४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा वडासचिज श्रेष्ठको मृत्यु भएको थियो ।

यो पनि – सुनसरीको रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा वडासचिवको मृत्यु














Discussion about this post