Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी रेडक्रस र विमल पौडेल, भन्छन्–‘सामाजिक काम गर्न प्रेरित गरिरहेका छौँ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २४, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरी रेडक्रस र विमल पौडेल, भन्छन्–‘सामाजिक काम गर्न प्रेरित गरिरहेका छौँ’
160
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल रेडक्रस सोसाइटी इटहरीमा केही महिनाअघि खरिद भएर आएको शव बाहनले गाउँसमाजमा मृत्यु भएका मानिसको शव घाटसम्म लैजान अहिले धेरै सहज भएको छ ।

मानिसको मृत्युपछि घाटसम्म लैजानका लागि उक्त शव बाहनले सहज भएको हो ।

नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका सभापति विमल पौडेलका अनुसार २७ लाखमा खरिद गरिएको शव बाहनले अहिले सडकमा भेटिएका बेवारिसे शव, दुर्घटनमा मृत्यु भएका तथा स्थानीय विपन्न परिवारको मृत्यु भएमा स्थानीय सरकारको सिफारिसमा निःशुल्क सेवा दिँदै आएको छ ।

यस्तै, अन्य यहाँका मानिसहरूको पनि मृत्यु भएको अवस्थामा कम शुल्कमा सेवा दिँदै आएको उनी बताउँछन् ।

‘त्यहाँ जम्मा भएका रगतमध्ये हामीले ४० प्रतिशतसम्म रगत संकलन गरेका छौँ,’ उनले भने, ‘कोही मानिसले रक्तदान गर्नु भनेको अरु कोही मानिसको जीवन बचाउनु हो, त्यसैले रक्तदानभन्दा ठूलो सामाजिक कार्य अरु केही हुँदैन ।’

इटहरी उपमहानगरपालिकाबाट प्राप्त सात लाख र यशेष्कर सदस्य तथा विशिष्ट सदस्यबाट प्राप्त भएको रकमले शव बहान खरिद गरिएको उनले बताए ।

यस्तै, रेडक्रस इटहरीका दुईवटा एम्बुलेन्स हाल सञ्चालनमा रहेका छन् । स्थानीय अस्पतालको सिफारिसमा विपन्न परिवारलाई निःशुल्क सेवा दिइँदै आएको छ भने अन्य मानिसलाई कम शुल्कमा सेवा दिइँदै आएको पौडेल बताउँछन् ।

‘क्यान्सर पीडित र नियमित डायलासिस गराउन जाने बिरामीलाई एम्बुलेन्समा छुट पनि गरिदैँ आएको छ,’ उनले भने ।

पौडेलको सामाजिक यात्रा

शव बाहन खरिद सँगै अन्य सामाजिक काममा महत्वपूर्ण भूमिका निर्वाह गरेका पौडेल २०५० सालमा इटहरी रेडक्रस स्थापनाताका सदस्यबाट प्रवेश गरे ।

त्यससँगै सचिव, उपभासभापति हुँदै हाल दश वर्षअघिदेखि सभापतिको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

‘२०४३ सालमा सहयोग समितिको रूपमा स्थापना भएको इटहरी रेडक्रस ५० सालमा उपशाखाका रूपमा स्थापना भएको हो,’ उनले भने, ‘रेडक्रस भनेको हरेक विपत्तिको बेला समस्यामा परेकाहरूलाई सहयोग गर्ने सामाजिक संस्था हो ।’

उनले रेडक्रसको माध्यमबाट समाजमा गरेका सकारात्मक परिवर्तनको स्मरण गरे ।

भने, ‘धरानस्थित वीपी प्रतिष्ठानको रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैँक) मा रगत अभाव हुनेबित्तिकै यहाँबाट हामीले रगत संकलन गर्दै आएका छौँ ।’

उनका अनुसार वीपी प्रतिष्ठान धरानको रक्तसञ्चार सेवा केन्द्रमा जम्मा भएका रगतमध्ये इटहरी क्षेत्रबाट मात्रै ४० प्रतिशत बढी रगत संकलन हुने गरेको छ ।

‘त्यहाँ जम्मा भएका रगतमध्ये हामीले ४० प्रतिशतसम्म रगत संकलन गरेका छौँ,’ उनले भने, ‘कोही मानिसले रक्तदान गर्नु भनेको अरु कोही मानिसको जीवन बचाउनु हो, त्यसैले रक्तदानभन्दा ठूलो सामाजिक कार्य अरु केही हुँदैन ।’

रेडक्रसले जाडोयाममा सरकारी विद्यालयका विद्यार्थीहरूलाई कपडा वितरण, बाढीपीडितलाई राहत वितरण, समस्यामा परेकाहरूको उद्वार तथा उपचार नपाएर छटपटाएकाहरूलाई उपचार खर्च पनि प्रदान गर्दै आएको उनले बताए ।

यस्तै, हाल इटहरी ४ भेटघाट चौकमा ३ कठ्ठा जमीनमा आवासगृहसहितको फराकिलो भवन बनाउने तयारी सुरु गरिएको उनको भनाइ छ ।

अहिले आफ्नै भवन रहेपनि अब एम्बुलेन्स, शव बाहन पार्किङसहित आवासगृह पनि बनाउनेगरी भवन निर्माणको कामको प्रक्रिया अगाडि बढाउने तयारी थालिएको उनको भनाइ छ ।

उनले भने, ‘नाफारहित, राजनीतिरहित रूपमा विशुद्व सामाजिक काम गर्नका लागि रेडक्रस एउटा उदाहरणीय संस्था हो, रेडक्रस इटहरी उपशाखा नेपालकै उत्कृष्ट दशौँ नम्बरमा पर्छ ।’ उनका अनुसार रेडक्रस इटहरी उपशाखा देशकै उत्कृष्ट दशौँ नम्बरमा पर्ने तथा सुनसरीकै पहिलो नम्बरमा रहेको छ ।

उनले विगत स्मरण गर्दै आफू काठमाडौँमा रोजगारीको सिलसिलामा रहेका बेलाको दुुःख सम्झिए । भने, ‘दुःख के हो भन्नेकुरा काठमाडौँमा जागिरमा रहँदा थाहा पाएँ, केही वर्ष जागिर खाएपछि इटहरी आएर व्यापार सुरु गरेँ ।’

‘हामीले विद्यार्थीहरूलाई पनि रेडक्रसमार्फत सामाजिक काम गर्न प्रेरित गरिरहेका छौँ,’ उनले स्मरण गर्दै अगाडि भने, ‘एकपटक धनकुटा जेलमा बस्ने कैदीलाई समस्या परेको थाहा पाएपछि कपडा वितरणसहित अन्य सहयोग पनि गरेका थियौँ, यसरी कैदीलाई जेलमै पुगेर पनि सहयोग गर्दै आएका छौँ ।’

हाल इटहरी उपशाखा सभापति तथा सुनसरी जिल्ला सदस्य समेत रहेका उनले रेडक्रसमा बसेर गरेका सकारात्मक कामले थुप्रै मानिसलाई सामाजिक बन्न प्रेरित गरेको छ ।

त्यसो त इटहरी जेसीजका पूर्व अध्यक्ष समेत रहेका उनी लायन्स क्लब इटहरी, सुनसरीको २००३/०४ को अध्यक्ष पनि भए । इटहरीमा रहेको जनता क्याम्पसको पूर्व सन्चालक समिति सदस्य तथा हाल विश्व आदर्श कलेजको सञ्चालक समिति सदस्य पनि हुन् ।

२०१९ माघ १० गते धरान नयाँबजारमा जन्मिएका उनी २०४९ सालदेखि इटहरी बस्न थालेका हुन् ।

महेन्द्र क्याम्पस धरानमा स्तानत तह उत्तीर्ण गरेका पौडेलले आफ्ना हजुरबुबा दिनानाथ पौडेल र फुपाजु तथा रेडक्रस इटहरीका पूर्व सभापति रामचन्द्र अधिकारीको प्ररणाले सामाजिक काम गर्न उत्प्रेरित गरेको बताए ।

उनले भने, ‘हजुरबुबा र ससुराबुबा शिक्षित भएकै कारण आज मैले समाजमा सकारात्मक काम गर्ने प्रेरणा पाएँ, इटहरीका विभिन्न सामाजिक संस्थामा रहेर सकारात्मक परिवर्तनका निम्ति काम गर्दै आएको छु ।’

उनले विगत स्मरण गर्दै आफू काठमाडौँमा रोजगारीको सिलसिलामा रहेका बेलाको दुुःख सम्झिए । भने, ‘दुःख के हो भन्नेकुरा काठमाडौँमा जागिरमा रहँदा थाहा पाएँ, केही वर्ष जागिर खाएपछि इटहरी आएर व्यापार सुरु गरेँ ।’

उनले जागिरताका समय स्मरण गर्दै भने, ‘भर्खरै प्लस टु अध्ययनरत रहँदै जागिरमा जानुपथ्र्यो, दुःखको सम्झना त सीमा नै हुन्न ।’

यद्यपि, अहिले सामाजिक सेवामा समर्पित रहेका उनी पछिल्लो समय आम मानिसका लागि उदाहरणीय पात्र बनेका छन् ।

Tags: #रेडक्रसटाकुरा विशेषविमल पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान
पर्यावरण

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

by रासस
साउन १, २०८३
0

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    946 shares
    Share 378 Tweet 237
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.