इटहरी : १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज (आइतबार) परेको छ ।
प्रत्येक वर्ष अङ्ग्रेजी महिनाको मे १ मा नेपालसहित विश्वभर विविध कार्यक्रम गरेर भव्य रूपमा यो दिवस मनाउने गरिएको छ ।
मजदुरको हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले मनाइने यसलाई मे दिवस पनि भन्ने गरिन्छ । सन् १८९० देखि दिवस मनाउन थालिएको हो ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ ।
विं.सं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।














Discussion about this post