Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘इटहरीजस्तो सम्भावना बोकेको सहरमा अब बाढीबाट कसैले ज्यान गुमाउनुपर्दैन’ : हेमकर्ण पौडेल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २६, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
‘इटहरीजस्तो सम्भावना बोकेको सहरमा अब बाढीबाट कसैले ज्यान गुमाउनुपर्दैन’ : हेमकर्ण पौडेल
247
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहामनगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार हेमकर्ण पौडेलले अब यहाँका जनताले बाढीबाट ज्यान गुमाउन नपर्ने बताएका छन् ।

सोमबार इटहरीमा आयोजित लोकतान्त्रित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले इटहरी सम्भावना बोकेको सहर भएपनि हरेक वर्ष बाढीले ज्यान गुमाउनुपर्ने भएपनि यसवर्षदेखि बाढीबाट कसैले पनि ज्यान गुमाउन नपर्ने बताएका हुन् ।

‘अब इटहरीमा आर्थिक अनियमितता र सुशासनका विषयमा प्रश्न उब्जने छैनन्,’ उनले भने, ‘इटहरीजस्तो समृद्ध सहरमा, सम्भावना बोकेको सहरमा बाढीले बगायो भन्नुपर्ने छैन, अस्पताल बन्ने कुरामा शंका छैन ।’

उनले यसअघि नेकपा एमाले नेतृत्व सरकारले उदासीनता देखाएका कारण इटहरीमा बाढीको क्षति निर्मूल हुन नसकेको बताउँदै अब गठबन्धनले जितेको अवस्थामा बाढी समाधान हुने बताएका हुन् ।

उनले आफूहरू इटहरीलाई साँच्चिकै बदल्ने सोचमा चुनावी मैदानमा आएको बताए ।

‘हामी इटहरीलाई साँच्चै बदल्ने सोचमा छौँ, तपाईँहरू पनि परिवर्तन चाहनुहुन्छ भने मत हाल्नेबेला मात्रै ३० सेकेन्ड दल परिवर्तन गर्नुहोस् र गठबन्धनलाई मत दिनुहोस्, हामी इटहरी बदल्छौँ ।’

उनले इटहरीमा यसअघि नेकपा एमाले निर्वाचित भएपनि दूरदर्शी नेतृत्व नभएको आरोप लगाए ।

उनले भने, ‘एमालेको नेतृत्व दूरदर्शी थिएन, यो जनताको दोष होइन । हिजोको दिनका सरकारदेखि जनता डराएर हिड्नुप¥या, अब सबै जाति, भाषाभाषीहरूले सरकार भएको महसुस गर्नेछन् ।’

उनले कांग्रेसले नेतृत्व गरेको गठबन्धन विजयी भएको अवस्थामा यहाँका आम सर्वहारा जनताले सरकार खोज्दै उपमहानगर आउन नपर्ने बताए ।

‘अब सरकार खोज्दै तपाईहरू उपमहानगरको गेटसम्म आउनुपर्दैन, यो सरकार जनमुखी हुन्छ, सरकार गाउँ–गाउँमा जनताका समस्या नियाल्न पुग्छ ।’ पौडेलले भने ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल र नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा केशवकुमार विष्ट चुनावी मैदानमा छन् ।

 

Tags: #स्थानीय तहनिर्वाचनस्थानीय निर्वाचन २०७९हेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

by रासस
साउन २, २०८३
0

भद्रपुर : झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६०...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

साउन २, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1049 shares
    Share 420 Tweet 262
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.