Tuesday, October 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘इटहरीजस्तो सम्भावना बोकेको सहरमा अब बाढीबाट कसैले ज्यान गुमाउनुपर्दैन’ : हेमकर्ण पौडेल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २६, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
‘इटहरीजस्तो सम्भावना बोकेको सहरमा अब बाढीबाट कसैले ज्यान गुमाउनुपर्दैन’ : हेमकर्ण पौडेल
249
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहामनगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार हेमकर्ण पौडेलले अब यहाँका जनताले बाढीबाट ज्यान गुमाउन नपर्ने बताएका छन् ।

सोमबार इटहरीमा आयोजित लोकतान्त्रित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले इटहरी सम्भावना बोकेको सहर भएपनि हरेक वर्ष बाढीले ज्यान गुमाउनुपर्ने भएपनि यसवर्षदेखि बाढीबाट कसैले पनि ज्यान गुमाउन नपर्ने बताएका हुन् ।

‘अब इटहरीमा आर्थिक अनियमितता र सुशासनका विषयमा प्रश्न उब्जने छैनन्,’ उनले भने, ‘इटहरीजस्तो समृद्ध सहरमा, सम्भावना बोकेको सहरमा बाढीले बगायो भन्नुपर्ने छैन, अस्पताल बन्ने कुरामा शंका छैन ।’

उनले यसअघि नेकपा एमाले नेतृत्व सरकारले उदासीनता देखाएका कारण इटहरीमा बाढीको क्षति निर्मूल हुन नसकेको बताउँदै अब गठबन्धनले जितेको अवस्थामा बाढी समाधान हुने बताएका हुन् ।

उनले आफूहरू इटहरीलाई साँच्चिकै बदल्ने सोचमा चुनावी मैदानमा आएको बताए ।

‘हामी इटहरीलाई साँच्चै बदल्ने सोचमा छौँ, तपाईँहरू पनि परिवर्तन चाहनुहुन्छ भने मत हाल्नेबेला मात्रै ३० सेकेन्ड दल परिवर्तन गर्नुहोस् र गठबन्धनलाई मत दिनुहोस्, हामी इटहरी बदल्छौँ ।’

उनले इटहरीमा यसअघि नेकपा एमाले निर्वाचित भएपनि दूरदर्शी नेतृत्व नभएको आरोप लगाए ।

उनले भने, ‘एमालेको नेतृत्व दूरदर्शी थिएन, यो जनताको दोष होइन । हिजोको दिनका सरकारदेखि जनता डराएर हिड्नुप¥या, अब सबै जाति, भाषाभाषीहरूले सरकार भएको महसुस गर्नेछन् ।’

उनले कांग्रेसले नेतृत्व गरेको गठबन्धन विजयी भएको अवस्थामा यहाँका आम सर्वहारा जनताले सरकार खोज्दै उपमहानगर आउन नपर्ने बताए ।

‘अब सरकार खोज्दै तपाईहरू उपमहानगरको गेटसम्म आउनुपर्दैन, यो सरकार जनमुखी हुन्छ, सरकार गाउँ–गाउँमा जनताका समस्या नियाल्न पुग्छ ।’ पौडेलले भने ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल र नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा केशवकुमार विष्ट चुनावी मैदानमा छन् ।

 

Tags: #स्थानीय तहनिर्वाचनस्थानीय निर्वाचन २०७९हेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 
FEATURE BREAKING

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

इटहरी : सप्तकोशी नदीमा चल्ने जल यातायातले पूर्वी पहाडका बासिन्दालाई तराईसँग जोड्दै आएको छ । भोजपुरको दक्षिणी भेग, धनकुटाका केही...

मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३
नेपथ्यको सांगीतिक साँझका लागि इटहरी तयार

नेपथ्यको सांगीतिक साँझका लागि इटहरी तयार

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.