सुन्दरहरैँचा : मोरङको बेलबारी नगरपालिका ५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
जलजला क्रसरभित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागि डाला उठाउँदा अचानक बिजुलीको तारमा छोएर करेन्ट लाग्दा टिपर चालक सुन्दरहरैँचा नगरपालिका ८ सलकपुरका ३० बर्षीय नगेन्द्र कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post