इटहरी : बेहुली लिएर फर्किँदै गरेको गाडी इटहरी २० पानीपियामा दुर्घटना भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार संखुवासभाको सभापोखरीबाट बेहुली लिएर फर्किँदै गरेको सुमो गाडी गएराति १ः४० बजेतिर दुर्घटना भएको हो ।
मे १ ज १९८६ नम्बरको सुमो आफैँ अनियन्त्रित भई सडकबाट १० मिटरजति तल खसेर रुखमा ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा सुमो चालक मोरङको सुन्दरहरैँचा नगरपालिका ९ का ३३ वर्षीय कुमार कार्की, बेहुला सुन्दरहरैँचा १० का २४ वर्षीय सविन आलेमगर, बेहुलाका बुवा ६४ वर्षीय यामबहादुर आलेमगर, बेहुली संखुवासभाको सभापोखरी गाउँपालिका १ की २४ वर्षीया सङ्गीता मगर र गाडीमा सवार इटहरी ३ का ४५ वर्षीय भक्तबहादुर मगर घाइते भएका छन् ।
दुर्घटनामा घाइतेहरूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्र्रहरीले जनाएको छ । घाइतेमध्ये दुईको अवस्था भने गम्भीर रहेको छ । प्रहरीका अनुसार बेहुली र बेहुलाका बुबाको अवस्था गम्भीर रहेको छ ।
चालक निदाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेपनि थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुमो प्रहरी चौकी तरहराको नियन्त्रणमा रहेको छ ।














Discussion about this post