इटहरी : सुनसरीमा कटुवा पेस्तोल र लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका ३ बस्ने १९ वर्षीय रोहित राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेका राईको साथबाट एकथान कटुवा पेस्तोल, नियन्त्रित लागूऔषध १० थान डाइजापाम, १० ट्याब्लेट नाइट्रोजन, तीन हजार ३७५ पिस ट्रामाडोल र एकथान साइकल बरामद भएको छ ।
कोसी गाउँपालिका २, झांगर टोलस्थित घरको बरन्डामा खाटमा अपरिचित मान्छे सुतिरहेको खबर आएपछि इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनले प्रयोग गरेको साइकलबाट पेस्तोल र लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post