मोरङ : मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका मोरङको बूढीगंगा गाउँपालिका ६ का ३२ वर्षीय बिनोद चौधरीको डेराबाट प्रहरीले पेस्तोल बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले एक महिनाको अवधिमा मोटरसाइकल चोरीमा संग्लग्न १६ जना मानिसलाई २१ थान मोटरसाइकलसहित पक्राउ गरेको थियो ।
मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा चौधरीको डेरामा १ थान चाईनिज पेस्तोल, सोही पेस्तोलको गोली १ राउण्ड र म्याग्जिन १ थान भएको खुलेसँगै बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post