Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

माधव पोख्रेल by माधव पोख्रेल
अशोज २९, २०८३
in समाचार
0
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
50
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य भएका छन्।

बिहीबार अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) मा उपचार गराउन पुगेका बिरामीले सम्बन्धित चिकित्सक नभेटेपछि उपचार नपाएको गुनासो गरेका हुन्। सरकारी नियमअनुसार दशैँको बिदा सप्तमी तिथिदेखि सुरु हुने भए पनि चिकित्सकहरू बिदा सुरु हुनुअगावै अस्पतालमा अनुपस्थित रहेको बिरामीहरूको भनाइ छ।

अस्पतालमा दिनहुँ सयौँ बिरामी उपचारका लागि आउने गरेका छन्। तर, बिहीबार ओपिडीको पुर्जा लिएर लामो समयसम्म पालो कुरेका बिरामीसमेत उपचार नपाई फर्कनुपरेको थियो।

छालासम्बन्धी समस्या लिएर अस्पताल पुगेका त्रियुगा नगरपालिका–१२ का गोपालकृष्ण तिम्सिनाले दुई घण्टासम्म लाइनमा बसे पनि उपचार नपाएको बताए।

“बिहान ८ बजे नै अस्पताल पुगेर पहिलो नम्बरको ओपिडीको पुर्जा लिएँ। लाइनमा बस्दा करिब साढे १० बजे पालो आयो, तर ओपिडीमा चिकित्सक हुनुहुन्नथ्यो,” तिम्सिनाले भने, “भित्र रहेका एक मेडिकल अधिकृतले आज डाक्टर बिदामा हुनुहुन्छ, तपाईंको समस्या बाहिरको क्लिनिकमा देखाउनु भनेपछि घर फर्किएँ।”

अस्पतालको ओपिडीबाटै बाहिरको क्लिनिकमा जान सुझाव दिइएपछि आफूहरू अन्योलमा परेको उनले बताए। सरकारी अस्पतालमा उपचार गराउन आएका बिरामीलाई चिकित्सकको अनुपस्थितिका कारण निजी क्लिनिक जानुपर्ने अवस्था उचित नभएको उनको भनाइ छ।

अस्पताल प्रशासनका अनुसार पहिलो नम्बरको ओपिडीमा बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएका एमडिजिपी चिकित्सक डा. रन्दीप राउत बिदामा रहेका कारण समस्या उत्पन्न भएको हो।

जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सन्तोष राईले चिकित्सक बिदामा रहेका कारण बिरामीलाई समस्या भएको स्वीकार गरे। उनले अस्पतालमा सधैँ सबै विशेषज्ञ सेवा उपलब्ध गराउन नसकिने बताउँदै डा. राउतको स्थानमा मेडिकल अधिकृत खटाइएको जानकारी दिए।

“पुर्जा वितरण गर्ने कर्मचारीलाई चिकित्सक हुनुहुन्छ वा हुनुहुन्न भन्ने जानकारी नभएकाले समस्या भएको हो,” राईले भने, “अब पुर्जा वितरण काउन्टरका कर्मचारीलाई चिकित्सकको उपलब्धताबारे जानकारी दिने व्यवस्था मिलाउँछौँ। आगामी दिनमा यस्तो समस्या नदोहोरियोस् भनेर सचेत रहनेछौँ।”

जिल्ला अस्पतालमा चिकित्सकको दरबन्दी १४ जना रहेको भए पनि बिरामीले सहज रूपमा सेवा पाउन नसकेको गुनासो गर्दै आएका छन्। अस्पताल प्रशासनले आवश्यक सामग्री उपलब्ध नगराउने, सेवा–सुविधा समयमा नपाउने तथा स्रोतसाधनको अभाव हुने गरेको चिकित्सकहरूको गुनासो छ। यस्ता समस्याका कारण विगतमा पनि अस्पतालको सेवा प्रभावित हुँदै आएको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालमा आवश्यक उपकरण र पूर्वाधारको अभावसमेत रहेको बताइएको छ। गत आर्थिक वर्षमा इन्डोस्कोपी मेसिन र जेनेरेटर खरिदका लागि कोशी प्रदेश सरकारले विनियोजन गरेको रकम खर्च हुन नसकी फ्रिज भएको थियो।

अस्पतालमा आर्थिक समस्या र आवश्यक स्रोतसाधनको अभाव रहेको बताइए पनि ती समस्या समाधानका लागि प्रशासनले पर्याप्त चासो नदिएको स्रोतको दाबी छ। यसको प्रत्यक्ष असर उपचारका लागि अस्पताल पुग्ने सर्वसाधारण बिरामीमा परेको छ।

सरकारी अस्पतालमा चिकित्सकको उपलब्धता सुनिश्चित गर्नु, बिरामीलाई सेवा प्रवाहबारे सही जानकारी दिनु र उपलब्ध जनशक्तिको प्रभावकारी व्यवस्थापन गर्नु आवश्यक देखिएको छ।

Tags: जिल्ला अस्पताल उदयपुर
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते
समाचार

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८३
0

उदयपुर : काठमाडौँबाट धरानतर्फ आउँदै गरेको यात्री बस उदयपुरमा बस मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ सुर्खेमा दुर्घटना हुँदा एक जनाको...

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३
भेडाको ऊन काट्दै भेडापालक किसान

भेडाको ऊन काट्दै भेडापालक किसान

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    287 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.