Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

कोशीका १८ सामुदायिक विद्यालयको पूर्वाधार विस्तार, देशभर ६ अर्ब ५४ करोड बजेट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८३
in FEATURE BREAKING, समाचार
0
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि
56
SHARES
Share on FacebookShare on Twitter

इटहरी । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको विद्यालय पूर्वाधार विस्तार कार्यक्रममा इटहरीको जनता मावि समावेश हुनबाट वञ्चित भएको छ । सुनसरीका दुई विद्यालय समेटिँदा जनता मावि भने समावेश हुन सकेन ।

विद्यार्थीको चाप बढ्दै गए पनि पर्याप्त कक्षाकोठा र व्यवस्थित भवनको अभाव झेलिरहेका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गर्न सरकारले देशभरका १०९ विद्यालयलाई समेटेर योजना अघि बढाएको छ। योजनाअन्तर्गत कोशी प्रदेशका १८ सामुदायिक विद्यालय छनोटमा परेका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयले सञ्चालनमा ल्याएको यस कार्यक्रमका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको विवरणमा उल्लेख छ।

कोशी प्रदेशबाट छनोट भएका १८ विद्यालयमध्ये झापा र मोरङका छ–छवटा विद्यालय छन्। त्यस्तै उदयपुरका दुई तथा ताप्लेजुङ, पाँचथर र सुनसरीका विद्यालय पनि योजनामा समेटिएका छन्।

झापाबाट धुलाबारी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालय, देवी माध्यमिक विद्यालय, महेन्द्र रत्न माध्यमिक विद्यालय, कन्काई माध्यमिक विद्यालय र मोहनमाया माध्यमिक विद्यालय छनोटमा परेका छन्।

मोरङका साजीलाल माध्यमिक विद्यालय, सुकुना माध्यमिक विद्यालय, राधिका माध्यमिक विद्यालय, पञ्चायत माध्यमिक विद्यालय, पोखरिया माध्यमिक विद्यालय र आदर्श माध्यमिक विद्यालय पनि योजनामा समावेश छन्।

सुनसरीबाट बराहक्षेत्र नगरपालिकास्थित जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय र धरान उपमहानगरपालिकास्थित पब्लिक हाई स्कुल छनोटमा परेका छन्।

त्यस्तै उदयपुरका त्रियुगा नमुना माध्यमिक विद्यालय र त्रिवेणी माध्यमिक विद्यालय, ताप्लेजुङको भानु माध्यमिक विद्यालय तथा पाँचथरको फिदिम माध्यमिक विद्यालय पनि योजनामा समेटिएका छन्।

दुई हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालयमा पर्याप्त कक्षाकोठा, व्यवस्थित भवन तथा अन्य आवश्यक सुविधाको व्यवस्था गर्नु चुनौतीपूर्ण बन्दै गएको छ। पूर्वाधार विस्तारले विद्यार्थीको चाप व्यवस्थापन गर्न, सहज सिकाइ वातावरण निर्माण गर्न र विद्यालयका शैक्षिक गतिविधि प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि, कुन विद्यालयमा कस्ता संरचना निर्माण गरिनेछन्, प्रत्येक विद्यालयले कति बजेट पाउनेछ र निर्माण कार्य कहिलेसम्म सम्पन्न हुनेछ भन्ने विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

बजेट निकासा हुनु र निर्माण सम्पन्न हुनु फरक विषय भएकाले योजनाको प्रभावकारिता कार्यान्वयनको गति, निर्माणको गुणस्तर र बजेटको सदुपयोगमा निर्भर रहनेछ।

Tags: जनता मावि इटहरीविद्यालय पूर्वाधार विस्तार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३
भेडाको ऊन काट्दै भेडापालक किसान

भेडाको ऊन काट्दै भेडापालक किसान

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    287 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.