धरान : नेपाल विद्यार्थी संघ सुनसरी क्षेत्र नं. १ को आयोजनामा धरानमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार ‘हरियो वन, नेपालको धन’ भन्ने सन्देशका नाराका साथ नेविसंघले धरान वडा नं. १३ र २० को संगमस्थल वीपी पार्क क्षेत्रमा सरसफाई तथा वृक्षारोपण गरिएको हो ।
नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाको प्रमुख आतिथ्यतामा नेविसंघ सुनसरी क्षेत्र नं. १ ले वीपी पार्क क्षेत्रमा सरसफाई गर्नुका साथै २ सय ५० वटा विभिन्न जातको बोट बिरुवा रोपिएको सभापति अजित लिम्बूले जानकारी दिए ।
सभापति लिम्बूले धरान उपमहानगरपालिकाले पनि वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिइरहेका बेला नेविसंघले त्यसको इट्टा थप्ने कार्य गरेको बताए । धरान उपमहानगरपालिकाको विभिन्न चौकहरुमा सवारी दुर्घटनाको जोखिम बढिरहेको बताउँदै उनले भने, ‘ती चौकहरूमा दुर्घटना न्यूनीकरण गर्नका लागि चाडैं नै नेविसंघले जेब्रा क्रसिङ बनाउनेछ ।’
महामन्त्री थापाले नेविसंघ पार्टीको नेतृत्व उत्पादन गर्ने थलो मात्र नभएर सामाजिक कार्यमा पनि उत्तिकै योगदान दिने संगठन रहेको बताए । उनले नेविसंघमा आवद्ध विद्यार्थी नेताहरुलाई आफ्नो शैक्षिक जिवनलाई पनि निरन्तरता दिदै राजनितिक र सामाजिक कार्यमा चलायमान हुन जोड दिए ।
महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियू सचिव एवं नेविसंघ इकाईका सभापति दोर्चि शेर्पाले नेविसंघले विद्यार्थीहरुको हकहितको लागि मात्र नभई सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको सन्देश दिनका लागि सरफाई तथा वृक्षरोपण कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव माधव घिसिङ, कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा क र ख का सभापतिद्धय अनिल श्रेष्ठ, मुरारी भट्टराई, नगर सभापति श्याम पोख्रेल, महाधिवेशन प्रतिनिधि एवं निवर्तमान मेयर तिलक राई लगायत नेता तथा कार्यकर्ताहरुको उपपस्थिति रहेको थियो ।














Discussion about this post